बिस्कुटले १४ बाँदरको ज्यान लियो

575 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कोलकाता: भारतको पूर्वी भागमा मुसाको विषयुक्त विस्कुट खोसेर खाँदा चौध बाँदरको मृत्युभएको जानकारी अधिकारीहरुले सोमबार दिएका छन् । सोह्रवटा लङ्गुरको एक समूहले पश्चिम बङ्गालमा स्थानीय फेरीवालाबाट ती बिस्कुट खोसेका थिए । ती बिस्कुट खाँदा ती लङ्गुर आइतबार निकै बिरामी परेको बताइएको छ ।
Monkey_eating_biscuits_567681416ती बिस्कुट खाएपछि तत्कालै १४ लङ्गुरको घटनास्थलमा मृत्युभएको र दुईलाई पशुअस्पताल भर्ना गरिएको जानकारी बनअधिकृत श्यामलाल मुखर्जीले बताए । उनले यी जनावरको शवपरीक्षण भइरहेको बताए । यी लङ्गुरको मृत्युभएपछि यी फेरीवालामाथि प्रहरीले फौजदारी अभियोग आरम्भ गरेको र हाल निज फरार रहेको बताइएको छ ।
बहुसङ्ख्यक हिन्दूको मुलुक भारतमा बाँदरलाई पूजीए पनि उनीहरुले बगैचा, कार्यालय तथा बसोबासस्थलमा तोडफोड गर्ने र खानाका लागि मानिसमाथि नराम्रोसँग आक्रमण गर्ने गरेको देखिएको छ ।
भारतमा बाँदरको सङ्ख्या बढिरहेको अवस्थामा सांसदहरुलाई तर्साइरहेका बाँदरलाई भगाउन संसदका अधिकारीहरुले ठूला बाँदरको रुप धारण गर्ने अभिनयकर्ताहरुको एक समूहलाई काममा लगाएको बताइएको छ । एएफपी