भाषा परीक्षा उत्तीर्ण गर्नेजति सबैलाई लाने भयो कोरियाले 

712 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कोरिया- रोजजगारी अनुमति प्रणाली इपिएस भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवाहरु कोरिया आउन पाउने भएका छन् ।

TR000716श्रम तथा रोजगार मन्त्रालयले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म ६ हजार ४ सय ३१ नेपाली ल्याउने घोषणा गरेको छ । मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार चालु वर्ष इपिएसमार्फत आउने १५ देशका कामदारमध्ये नेपाल तेस्रो प्राथमिकतामा छ । पहिलोमा कम्बोडियाली र दोस्रोमा इन्डोनेसियाली कामदार परेका छन् । कम्बोडियालाई ९ हजार १ सय ३० र इन्डोनेसियालाई ६ हजार ७ सय १२ जनाको कोटा छुट्याइएको छ । कोरियाले यो वर्षका लागि ५५ हजार ४ सय १४ कोटा निर्धारण गरेको छ । इपिएस नेपालका अनुसार सन् २०१५ का लागि ३ हजार ६ सय ६३ ले भाषा परीक्षा उत्तीर्ण गरेका छन्, जसमा ३ हजार ४ सय ६३ पुरुष र २ सय महिला छन् । एकपटक भाषा परीक्षा उत्तीर्ण गर्नेहरु २ वर्षसम्म योग्य हुन्छन् । प्रस्तुत तालिकाअनुसार अघिल्लो वर्ष २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरी २०१४ मा कोरिया आउन नपाएका २७ सय नेपाली पनि यो वर्ष आउन पाउने छन् । –