दुर्घटनाग्रस्त एयरएसियाको ‘ककपिट भ्वाइस रेकर्डर’ प्राप्त

1635 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

इन्डोनेसिया- इन्डोनेसियाली पौडीबाजहरूले मङ्गलबार जाभाको सामुद्रिक क्षेत्रमा दुर्घटनाग्रस्त एयरएसिया विमानको भग्नावशेष तल रहेको ‘ककपिट भ्वाइस रेकर्डर’ प्राप्त गरेका छन् । यसबीच यस विमानसेवाका प्रमुखले आफूले थाहा पाएसम्मको सबैभन्दा कठिन समयबाट अगाडि बढ्ने बताउनुभएको छ ।

asiaउक्त विमानको अर्को ‘ब्ल्याक बक्स’ अर्थात ‘फ्लाइट डाटा रेकर्डर’ प्राप्त भएको एक दिनपछि पछिल्लो ब्ल्याक बक्स प्राप्त भएको हो । यस यन्त्रले अनुसन्धानकर्ताहरूलाई उक्त विमान कुन कारणले दुर्घटनामा प¥यो भन्ने महत्वपूर्ण सूचना उपलब्ध गराउनेछ ।

क्युजेड८५०१ को उडानमा डिसेम्बर २८ मा इन्डोनेसियाको सुराबाया बाट १६२ यात्रुसाथ सिङ्गापुरतर्फको गएको विमान खसाब मौसमका समयमा दुर्घटनाग्रस्त भएको थियो ।

हालसम्म ४८ शव प्राप्त भएको बताइएको छ । उक्त विमानको मुख्य भाग भने हालसम्म फेला पर्नसकेको छैन ।

इन्डोनेसियाको जलवायुविज्ञान संस्थाले खराब मौसमका कारण एयरबस ए३२०–२०० दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरेको छ ।

यस विमानसेवाका निकै नाम चलेका प्रमुख टोनी फर्नान्डेसले आफूले एयरएसिया आरम्भ गरेपछि गत केही साता आफ्ना जीवनमा सबैभन्दा कठिन समय भएको बताउनुभयो ।

उहाँले आफूले संस्थालाई सङ्कटबाट बाहिर ल्याउने बताउनुभयो । एएफपी