खिल्ली चुरोट बेचे १० हजार जरिवाना

1135 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सार्वजनिक स्थानमा अरुलाई असर पुग्ने गरी धुंवा उडाउंदै चुरोट सेवन गर्नेहरुलाई तह लगाउन सरकारले नयां नियम ल्याउने भएको छ । खल्तिमा चुरोटको बट्टा नभएपनि जहां मन लाग्यो त्यहिँ बसेर चुरोट तान्नेहरुलाई निरुत्साहित गर्न अव सुर्तीजन्य पदार्थको फुटकर विक्रीमा पूर्ण रुपमा रोक लगाउने सरकारले निर्णय गरेको छ ।

churotअब कुनै व्यापारीले चुरोट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थको खिल्लीमा विक्री गरेमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

 सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न जरिवानासहितको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७१ मंगलबार जारी भएको हो । करमुक्त पसलबाट चुरोट, बिँडी, हुक्का, सिगार, सिसा, कक्कड चिलिम, खैनी, सुर्ती, गुट्खा जस्ता पदार्थ विक्रीवितरण समेत गर्न पाइने छैन ।