चिर्पट प्रहार गरी युवकको हत्या

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोटको विदुर नगरपालिका वडा नं ८ राइसिङको क्यौरिनी चौतारामा चिर्पट प्रहार गरी एकको हत्या गरिएको छ । चिर्पट प्रहारद्वारा मृत्यु हुनेमा चारघरे गाउँ विकास समिति वडा नं ८ मूलाबारीका २१ वर्षीय सजित तामाङ रहेका छन् । आपसी विवादका कारण हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चिर्पट प्रहार गरी हत्या गर्ने विदुरनगरपालिका वडा नं ८ राइसिङका सोमबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ ।