सभासदलाई धादिङे पत्रकारको दाल,चामल

876 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0116धादिङ,२ माघ- तोकिएको समयमा संविधान जारी गर्न दवावमुलक आन्दोलन सञ्चालन गर्दै आईरहेका पत्रकारहरुले शुक्रवार धादिङवाट सभासदहरुलाई नयां ढंगको दवाव दिएका छन । संविधान निर्माण प्रकृयामा देखिएको ढिलासुस्ती र दलहरु बिच बढ्दै गएको असमझदारीका बिरुद्ध धादिङका पत्रकारहरुले व्यंग्यात्मक तिखो प्रहार गर्दै तोकिएको समयमा संविधान जारी गर्न आग्रह गरेका हुन ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन धादिङ जिल्ला समितिले शुक्रवार संयुक्त रुपमा धादिङका प्रमुख जिल्ला अधिकारी मार्फत सभासदहरुलाई संविधान निर्माणमा लाग्न आग्रह गरिएको ज्ञापन पत्र संगै लेखनका लागि समय दिंदा भोकैबस्नु नपरोस भन्दै तेल, चामल, दाल, नुनका साथै मस्यौदा लेख्ने कापी र कलम पनि पठाइको छ । माघ ८ मै संविधान जारी गर्न संविधान सभा भित्र वस्दा सभासदहरुलाई खानेकुुराको कुनै समस्या नहोस भन्दै तेल, चामल, दाल, नुन पठाईएको प्रेस चौतारी धादिङका अध्यक्ष नारायण चन्द्र सुवेदीले वताउनु भयो । माघ ८ नजिकिंदै गएपनि दलहरु जिम्मेवार वन्न नसेकाले संविधान सभा भित्र वस्दा खान र मस्यौदा तयार पार्न कापी कलमको खांचो नपरोस भन्नका लागि खाद्यान्नका साथ कापी कलम पनि पठाईएको प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिनु भयो ।
तोकिएको समयमा संविधान वनाउन दलहरुलाई आग्रह गरिएको व्यानर सहित धादिङबेसी बिचवजार चौतारावाट निस्किएको ¥याली जिल्ला प्रहरी कार्यालय हुंदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। दुवै पत्रकार संगठनका अध्यक्ष संयुक्त रुपमा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरणप्रसाद पराजुलीलाई ज्ञापन पत्र संगै एक एक किलो नुन,चामलका साथै एक लिटर खाने तेल हस्तान्तरण गर्दै संविधान सभामा पठाईदिन आग्रह गरिएको थियो ।प्रेस चौतारी र प्रेस युनियनका संयुक्त आयोजनामा भएको कार्यक्रमलाई नेपाल पत्रकार महासंघ र रिर्पोटर्स क्लव जिल्ला शाखा धादिङले पनि ऐक्यवद्धता जनाएको थियो ।
DSC_0099