कृषि पेशामा रमाउन थाले धादिङका युवा

691 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

krishi photoबैदेशिक रोजगारीका लागि दैनिक हजारौँ युवा विदेश गईरहेको समयमा धादिङका केहि युवा भने आफ्नै माटोमा पसिना बगाएर आयआर्जनमा लागेका छन् । विदेशमा जति पसिना नेपालमै बगाउने हो भने नेपालमा पनि मनग्य पैसा कमाउने सकिने मेसा पाएका उनीहरुले आफ्नै गाउँमा केहि व्यावसाय सन्चालन गरेर बसेका छन् । स्वदेशमा रोजगारीको प्रयाप्त अवसर नभएको भन्दै विदेश जानेको भीडमा धादिङ भुमेस्थानका राजन सुवेदी भने गाउँमा तरकारीखेती गर्न थालेका छन् । बैदेशिक रोजगारीमा जादा पाउने दुख सम्झेर पनि अहिले विदेशबाट फर्केका युवाहरु आफ्नै गाउँमै सुन फलाउन सकिने भन्दै विभिन्न व्यावसायमा सक्रिय बन्न थालेका छन् । अहिले जिल्लामा क्रियाशील विभिन्न संघ–संस्थाबाट दिईने तालिम सिकेर उनीहरु आफैँ स्वरोजगार बन्न थालेका छन् । विदेशमा जानको लागि पासपोर्ट बनाएर बसेका युवाहरु अहिले स्वदेशमै केहि गर्न सकिन्छ भनेर व्यावसाय सन्चालन गर्न थालेका छन् । कृषि व्यावसायबाट रामै्र आम्दानी लिन सकिने भएर अहिले धेरै जसो युवाहरुको ध्यान कृषि पेशामानै रहेको छ । कृषि व्यावसाय सन्चालन गर्नको लागी पनि विभिन्न संघ–संस्थाले अनुदान दिने भएको कारणले पनि अहिले युवाहरुको ध्यान कृषिमा रहेको हो । सरकारले नै कृषिमा विषेश नीति ल्याएपछी भने झनै युवाहरुमा कृषि पेशामा आकर्षण बढेको हो ।