शिक्षा पत्रकार समूहद्धारा विद्यालयलाई फर्निचर सहयोग

887 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ्- शिक्षा पत्रकार समूहले आफूसंग भएका पुराना तर प्रयोग गर्न मिल्ने फर्निचर धादिङ्को जोगीमारा २ मा रहेको जलकन्या प्राथमिक विद्यालयलाई दिएको छ । यस अघि समूह रहेको ठाउँ साँघुरो भएर नयाँ घरमा सर्दा पहिलेका सामग्री प्रयोग नहुने भएपछि उक्त सामाग्री विद्यालयलाई सहयोग गरेको समूहले जनाएको छ ।

यस अघिनै समूहले दुर्गम ठाउँ र पिछडिएको समुदायको सामुदायिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गर्ने निर्णय गरिसकेको थियो । उक्त विद्यालय पिछडिएको समुदाय चेपाङ् बस्तिमा छ ।

ejg-edukhabarराजधानीबाट नजिकै भएर पनि पिछडिएको समुदायका बालवालिका पढाउँदै आएकोले उक्त सामाग्री सोहि विद्यालयलाई दिने निर्णय गरेको अध्यक्ष सुदर्शन सिग्देलले बताए । ‘हामीले प्रयोग गर्दै आएको सामग्री नयाँ ठाउँमा प्रयोग गर्न नमिले पछि के गर्ने भन्ने अन्यौल थियो,’ उनले भने, ‘विद्यालयलाई सहयोग गर्दा यसको अझै धेरै प्रयोग हुने ठानेर हामीले उक्त सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेका हौं ।’

समूहले ४ थान टेबल, एक सेट सोफा, कार्पेट, २० थान प्लाष्टिकका कुर्चि, ५ थान काठका कुर्चि, १ थान घुम्ने कुर्चि र १ थान ह्वाईट बोर्ड  हस्तान्तरण गरेको समूहले जनाएको छ ।