हात समातेर दुई जना त्रिशुलीमा फाल हाने

469 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

त्रिशूली नदीमा हामफालेर दुई युवायुवतीले आत्महत्या गरेका छन् । शुक्रबार विदुर नगरपालिका ७ को बुनेबेंसी पुल नजिकबाट उनीहरूले आपसमा हात समातेर हामफालेका थिए । ठेगाना नखुलेका उनीहरूमध्ये युवाको शव देवीघाटमा रहेको संस्कृत मावि नजिककै किनारमा फेला परेको छ । युवतीको शव अझै फेला परेको छैन् । उनीहरूले आत्महत्या गर्नुमा प्रेम सम्बन्ध कारण हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनास्थलबाट केटीले प्रयोग गरेको सल र पाउजुका साथै केटाको साथबाट एउटा फोटो फेला पारेको छ । त्रिशूली नदीपारि खेतमा काम गरिरहेका खड्गभन्ञ्याङका किसानले दुई जनाले खोलामा आत्महत्या गरेको सूचना प्रहरीलाई दिएका थिए ।