प्रक्रियाबाट भएपनि माघ ८ मा संविधान आउने नेता नेपाल

653 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

madhan nepalमाघ ४–पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रक्रियाबाट भएपनि निर्धारित समय माघ ८ मा संविधान आउने बताएका छन् । गृह जिल्ला रौतहटको सखुअवा धमौरा गाविस हर्षाहाचौकस्थित आइतबार विपन्न परिवारलाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले निर्धारित समयमै संविधान जारी गर्न सरकारमा रहेका दलहरु लागिरहेको बताएका छन् । उनले एमाओवादीलगायत ३० दलिय मोर्चासँग सहमतीको लागी कांग्रेस र एमालेले प्रयास गरिरहेको बताउँदै सहमतीमा नआएमा बहुमतिय प्रक्रियाबाट भएपनि माघ ८ मा संविधान आउने दोहोर्याएका छन् । नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कमिटिद्धारा उपलब्ध गराइएको दुई सयथान कम्बल हर्षाहा टोलका दलित र विपन्न परिवारलाई नेता नेपालले वितरण गरेका थिए । त्यसैगरी संगठनद्धारा नै उपलब्ध एक सय थान कम्बल आजै तुलसीराजपुर गाबिसमा नेता नेपालले वितरण गरेका छन् । उक्त अवसरमा सभासद् डाक्टर बंशीधर मिश्र, सभासद लालाबाबु यादव, कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष पूण्य ढकाल, उपाध्यक्ष लेखनाथ कोईरालालगायतको उपस्थिति रहेको एमाले जिल्लासचिव लक्ष्मण घिमिरेले बताएका छन् । मनोनित हुने २६ सभासद्मध्ये एमालेद्धारा हालै मनोनित सभासद् लालबाबु यादवको सदरमुकाम गौरस्थित आजै हुने अभिनन्दन कार्यक्रमलाइ पूर्वप्रधानमन्त्री नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले रौतहटले जनाएको छ ।