ग्यास अभावले सबैभन्दा बढी विद्यार्थी र मजदुरी गर्ने मर्कामा गाँसको लागि साथिभाई र आफन्तकोमा पाहुना लाग्नुपर्ने बाध्यता

668 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

gasग्यासको चरम अभाव हुँदा पनि सरकार भने मौन रहेको छ । व्यावसायीको चलखेलका कारण ग्यास अभाव झनै चर्कदै गएको छ । लामो समय सम्म ग्यास अभाव भएर उपभोक्ताहरु मर्कामा पर्दा समेत सम्बन्धीत निकायले भने अहिले सम्म कुनै चासो दिएको छैन । सहज रुपमा ग्यास पाउन छाडेपछि अहिले अधिकांस विद्यार्थी तथा मजदुरी गर्नेहरु साथिभाई र होटलमा गएर खानाखान बाध्य हुनुपरेको छ । धादिङबेसीमा ग्यास सहज रुपमा पाउन छाडेको एक महिना भन्दा बढी भईसकेको छ । कोठामा ग्यास सकिदा पढ्न बसेका विद्यार्थीहरु सबैभन्दा बढी मर्कामा परेका छन् । घरबाट पठाएको पैसाले गुजारा चलाउदै आएका विद्यार्थीहरुलाई अहिले झनै समस्या परेको छ । ग्यास सहज रुपमा पाउदा कोठामा खाना पकाउदै आएका विद्यार्थी तथा मजदुरी गर्दै आएकाहरुलाई होटलमा खाना खादा धेरै पैसा खर्च हुने गरेको छ । नयाँ सिलन्डर किन्ने पाईने तर ग्यास भर्न नपाउने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो गरेको छ । आपूर्तिको अवस्था सहज नहुँदा केही डिलर बन्दसमेत भएको ग्यास बिक्रेता महासंघले जनाएको छ । निगमले मुलुकको मागलाई धान्ने गरी मासिक करिब २२ हजार ३ सय ७७ टन ग्यास आयात गर्ने कोटा निर्धारण गरेको छ ।