धादिङमा पनि आरन व्यवसाय संकटमा

1913 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aranधादिङ-गाउँ घरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मेहेनतमा कम आम्दानी हुन थालेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुखौैंदेखि चल्दै आउको यस व्यवसाय वजारमै तयारी भएका साधन आएपछि यसको महत्व पनि त्यत्तिकै कमि भएको आरन व्यवसायिहरुको गुनासो छ । गाउँ घरमा चलाउदै आएका आँसी, वन्चरो जस्ता हतियार विस्तारै लोप हुदै गएको धादिङ बैरेनीका शंकर विकले गुनासो गर्नुभयो । ‘पहिला–पहिला वजारमा पनि त्यस्ता साधनहरु नहुने भएकाले पनि केहि खर्च दिएर हसिया वन्चरो जस्ता घरायसी चाहिने हतियारहरु वनाउन स्थानीयहरुको चाप हुने गर्दथ्यो’ उहाँले भन्नुभयो , ‘अहिले कतै कतैवाट मात्र यस्ता साधन वनाउन आउँछन् , बजारमा पाहिने साधनले गर्दा हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’ आरनमा गएर दिनभरी वसरेर घरायसी हातहतियार बनाउन धेरै समय खर्च हुने भएकाले पनि बजारमा सस्तोमा पाइने भएकाले अधिकांश स्थानीयहरुले घरायसी हातहतियार बजारवाटै किनेर लैजाने बताउँछन् । समय परिवर्तन सँगै विस्तारै गाउँघरमा पनि परम्परागत रुपमा चलिआएका पेशा पनि लोप हुने स्थितिमा रहेको गाउँका वुढापाकाहरुको भनाई छ । सकेसम्म यस्ता पुराना पेशाहरुलाई बचाएर लगेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने छ । पुख्र्यौली सिप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केहि नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको शंकर विकको भनाई छ ‘