आज देशभर विद्याकी देवी सरस्वतीको पुजा गर्दै श्रीपन्चमी मनाईदै –

2556 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

shreepanchamiआज श्रीपन्चमी अर्थात सरस्वती पुजा देशभर विद्याकी देवी सरस्वतीको पुजा आराधना गरि यो पर्व मनाइंदै छ|

आजको दिन बाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले आजको दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ|

बालबालिकाहरुमा अक्षर आरम्भ गराउने सर्वोत्तम दिन मानी आज घरघरमा केटाकेटीहरुलाई पठनपाठन सुरु गराइन्छ|
शिक्षक, विद्यार्थी, साहित्यकार, चित्रकार, गायक, अभिनेता लगायतका विद्याका साधकहरुले आआफ्ना कलासाधनाका उपादानहरु कलम, कापी, कूची, वाद्ययन्त्र आदिको पूजा गर्ने चलन छ|

देशभरका सरस्वती मन्दिरमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ। विशेषगरी काठमाडौं उपत्यकाका स्वयम्भू, लेले र नीलसरस्वतीमा ठूलो मेला लागिरहेको छ ।

आज बौद्ध धर्मावलम्बीहरुले पनि विद्याका प्रतीक मञ्जुश्री बुद्ध चीनबाट उपत्यका प्रवेश गरेको दिन मानी पूजा आराधना गर्छन् । परम्परा अनुसार आजै काठमाण्डूको हनुमानढोकामा वसन्तश्रवण गर्ने चलन छ ।