चरिमायाको जीवनीमा चलचित्र ‘मखमली’ बन्दै

544 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मेलम्ची:  सोह्र वर्षकै उमेरमा दलालको ललाइफकाईमा परी भारतको मुम्बईमा नारकीय जीवन भोगेकी चरिमाया तामाङको सङघर्षपूर्ण जीवनलाई चलचित्र ‘मखमली’ ले उतार्ने भएको छ ।
उनी अहिले मानव बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गर्दै आएकी छिन् । गरिब परिवारमा जन्मेकी एउटी नेपाली चेली भारतको कोठीमा बेचिएर भोग्नुपरेको यातनालाई समेटेर कथानक चलचित्र मखमली बनाउन लागेको चलचित्रका निर्देशक राजु गिरीले बताए ।

Chari_Maya_Tamang_273855140

चलचित्रमा चरिमायाको भूमिका नायिका शुभेच्छा थापाले निभाउने भएकी छिन् । उनी चलचित्रको निर्मात्री तथा कथा, पटकथा र संवाद लेखक पनि हुन् ।
सत्तरी प्रतिशतभन्दा बढी छायाङ्कन चरिमायाको जन्मथलो सिन्धुपाल्चोक जिल्लामै गरिने नायिका थापाले बताए । आफ्नो जीवनमाथि चलचित्र बन्न लागेकामा आफू खुसी भएको प्रतिक्रिया चरिमायाले बताएकी छिन् ।