क्यान्सर लागेको कसरी थाहा पाउने ?

548 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10806291_758906704157052_6285692813995337859_nक्यान्सरको कुरा आउँदा जो कोही तर्सन्छ तर, दुर्भाग्यले केही व्यक्ति यस प्राणघातक रोगको चपेटामा पर्छन् ।  आफूमा क्यान्सरको लक्षण पूर्ण विकसित भइसकेको सुन्दा उनीहरूमा बज्रपात हुन्छ तर, बुझ्नुपर्ने के छ भने चाँडै पत्ता लागे क्यान्सरको सफल उपचार सम्भव छ ।  त्यसैले शरीरमा क्यान्सरले सुरुको अवस्थामा देखाउने केही विशेष लक्षण बेलैमा बुझ्न सक्नुपर्छ ।  यसैमा बुद्धिमानी छ ।

१ ) थकान बढी लाग्न थाल्छ

    दिनभरको दौडधूपले लाग्ने थकानलाई सामान्यरूपमा लिनुपर्छ तर व्यस्त नहुँदा पनि धेरै       परिश्रम गरे जस्तो गरी अचानक थकान लाग्न थाल्छ भने विचार गर्नुपर्ने हुन्छ ।  एक           दिनको घटनाले मात्र होइन बारम्बार यसो हुन थाल्यो भने क्यान्सरको सम्भावना        हुनसक्छ ।  तथापि अन्य विकारले पनि शरीर थकित भएको हुन्छ ।  अमेरिकन क्यान्सर    सोसाइटीको एक प्रीतवेदनमा यसलाई ल्युकेमियाको संकेत बताइएको छ ।
२ ) हल्का ज्वरो आइरहने
      दैनिक हल्का ज्वरो आइरहने भएको छ भने विचार गर्नुपर्छ ।  विशेषगरी, ९९।८ देखि १००      डिग्री फरेन्हाइट ज्वरो आउँछ ।  यो समस्या कैयौँ अन्य संक्रमणको पनि हुनसक्छ तर,          हल्का ज्वरो आइरहने समस्या हज्किन्स डिजिज, ल्युकेमिया र नन हज्किन्स        लिम्फोमाको प्रारम्भिक संकेत पनि हुने भएकाले चिकित्सा जाँच गराउनु जरुरी छ ।
   ३ )  निल्न गाह्रो
         कुनै पनि वस्तु निल्न गाह्रो हुने सँगै ओठमा उत्पन्न हुने घाउ सामान्य समयमा निको        हुँदैन ।  घाँटी बस्ने र नियमित रहने हुन्छ ।  यसका साथै स्वर कडा हुँदै जाने, मुखमा      असामान्य रक्तस्राव र कारण थाहा नहुने गरी मुखभित्र दुख्नेलगायत पनि क्यान्सरका    प्रारम्भिक लक्षण हुन्छन् ।  यी समस्याको सम्बन्ध घाँटीको, खाने नलीको, जिब्रोको    क्यान्सरसँग हुन्छ तर, उल्लेखित लक्षण देखियो भन्दैमा क्यान्सर नै भएको छ भन्न    मिल्दैन, अन्य कारणले पनि त्यसो भएको हुनसक्छ ।
 ४ ) तौल घट्ने
कुनै व्यक्तिले आफ्नो तौल असामान्य रूपमा किन कम भएको होला भन्ने बुझ्न सक्दैन भने यसमा विचार पु¥याउनु जरुरी छ ।  आहारा कम नगरी, व्यायाम नगरी र दैनिकीमा परिवर्तन नभएको अवस्थामा शरीरिक तौल घट्न थाल्नु क्यान्सरको संकेत हुनसक्छ ।  अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यसरी तौल घट्ने समस्यालाई आमाश्य, फोक्सो, खाने नली वा प्यान्क्रियाजको क्यान्सरको प्रारम्भिक संकेतको रूपमा बुझ्न सकिन्छ ।  तथापि तौल घट्ने समस्या अन्य खालका गम्भीर विकारको लक्षण पनि हुनसक्छ ।