बन्दूकले ग्राहकलाई स्वागत गरिने अचम्मको रेष्टुरेन्ट

682 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

22बन्दुकले ग्राहकलाई स्वागत गर्ने भन्ने सुन्दा नै मानिसलाई यस्तो रेष्टुरेन्ट पनि हुन्छ र यस्तो रेष्टुरेन्टमा कसरी मानिस छिर्छन् भन्ने पनि लाग्न सक्छ ।

तर, अमेरिकाको कोलोराडोमा यस्तो रेष्टुरेन्ट छ, जुन रेष्टुरेन्टमा जाने हरेक ग्राहकले महिला वेट्रेसहरूले बन्दुकको प्रयोग गर्ने गर्छन् र खाना सर्भ गर्दा पनि उनीहरूले लोड गरिएको बन्दुक(गन) नै लिएर हिड्ने गर्छन् ।

रेष्टुरेन्टमा बन्दुक लिएर ग्राहकको सेवा गर्ने ती महिला वेट्रेसहरूलाई गोली चलाउन पनि निकै राम्रोसँग आउँने डेली मेलमा प्रकाशित समाचारमा जनाइएको छ । उनीहरूलाई समय-समयमा उनीहरूलाई तालिम दिने गरिन्छ ।

यसरी रेष्टुरेन्टमा बन्दुकसहित वेट्रेसहरूलाई राख्नुको कारणबारे सोध्दा रेष्टुरेन्टको मालिक्नी २८ वर्षकी लोरेन बुर्बटले सन् २०१३ मा उनको रेष्टुरेन्टको अगाडि एउटा हत्या भएको थियो । यसपछि उनी र उनका पति रेष्टुरेन्टलाई लिएर निखै सचेत भए । उनीहरूले आफ्ना वेट्रेसहरू र ग्राहकको सुरक्षाका लागि आफैले केही गर्ने निर्णय गरेका थिए ।

यस्तोमा उनीहरूले  लाइसेन्स लिएर सबै वेट्रेसहरूलाई बन्दुक दिए । उनीहरूलाई ग्राहकको अगाडि जानुअगाडि तालिम दिइयो र त्यसपछि यो कार्य निरन्तर रहेको छ ।

लोरेनका अनुसार लोड गरिएको बन्दुकको बारेमा जानेर आफ्ना ग्राहक भाडिँने त होइनन् भन्ने डर लागेको थियो । तर, आफूले सोचेभन्दा ठिक विपरित भएको लोरेन बताउँछिन् । उनले विदेश तथा देशका कुना-कुनाबाट पनि बन्दुक बोकेका वेट्रेसहरूले खाना दिएको हेर्नका लागि आउने गरेको बताइन् ।

वेट्रेसहरू बन्दुक लिएर काम गर्दा उनीहरूलाई धेरै मजा आउने बताउँछन् । उनीहरू आफूलाई आत्मविश्वासी र स्टाइलिश भएको अनुभव गर्ने बताउँछन् ।