महिलाले कहिले नभन्ने ९ गोप्य कुरा; थाहपाई राखौ

1007 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

couple talkingमहिलाहरुलाई पुरुषहरुको तुलनामा निकै खुल्ला र धेरै बोल्ने श्रेणीमा राखिन्छ । तर तपाईंलाई अचम्म लाग्ला कि तपाईंकी निकै धेरै बोलिरहने प्रेमिकाले तपाईंसँग केहि कुरा गोप्य राखेकी छिन् । महिलाले आफ्नो सबै कुरा पुरुषलाई बताएको भनिएता पनि तपाईं ढुक्क हुनुहोस्, उनले आफ्ना सबै कुरा तपाईंलाई कुनै पनि हालतमा बताएकी हुँदिनन् जसका कारण थुप्रै पुरुषहरुले महिलालाई बुझ्न निकै गाह्रो भएको बताउने गर्दछन् । तर पुरुषहरुले भनेजत्तिकै महिलालाई बुझ्न गाह्रो पनि छैन । तर सबै पुरुषले महिलालाई बुझ्न सक्दैनन् । त्यसकारण महिलालाई बुझ्नका लागि यहाँ पुरुष साथीहरुका लागि सजिलो तरिका दिइएको छ । जसलाई महिलाहरुले भन्दैनन् तर पुरुषले जान्न आवश्यक छ ।



१. पुरुषले सुरुवाती पहल गरुन् भन्ने महिलाको इच्छाः

 यो निकै महत्वपूर्ण कुरा हो । महिलाहरु कुनै पनि कुराको प्लान बनाउने, सबै चाँजो पाँचो मिलाउन आफू एक्लैले गर्न मन पराउँदैनन् । महिलाहरु यसको लागि पुरुषहरुले पनि पहल गरेको हेर्न रुचाउँछन् । यस्ता कुराहरु महिलाले कहिले नभन्ने भएपनि केहि अप्ठेरो काम पूरा गर्नका लागि र महिलाहरुलाई अचम्मित बनाउनका लागि पुरुषहरुले त्यसको पहल गर्नै पर्ने हुन्छ । यदि कोही पुरुषहरुले केहि कुराको पहल गरिरहेका छन् भने महिलाहरुले ती पुरुषलाई निकै केयरिङ र आफ्नो कुरामा ध्यान दिएको भन्ने बुझ्दछन् । त्यसकारण पुरुष मित्रहरु महिलाले गर्ने केहि कुरामा पहल गर्नुहोस् – केहि कुरा किन्नु छ अथवा खाना बनाउनु छ अथवा कतै घुम्न जानु छ भने उनलाई सहयोग गर्नुहोस् । 

२. पुरुषहरुले धेरैजसो सरप्राइज दिउन् भन्ने चाहनाः


सबै महिलाहरुलाई पुरुषहरुले दिने सरप्राइज निकै मनपर्छ त्यसकारण महिलाहरु पुरुषले धेरैजसो सरप्राइज दिउन् भन्ने चाहन्छन् । त्यसको लागि तपाईंले निकै महँगो र ठूला–ठूला कुराहरुले उनलाई अचम्मित बनाउनु पर्छ भन्ने छैन । सानो चक्लेटले पनि तपाईंले उनलाई खुसी बनाउन सक्नुहुन्छ । चोखो मायाले गर्नुभएको तपाईंका साना–साना व्यवहारले पनि उनलाई सरप्राइज गराउन सक्छ । उनलाई सरप्राइज दिन केहि गाह्रो छैन । मात्र उनलाई आफ्नो माया र केयरले सुम्सुम्याउनुहोस् तर भिन्न तरिकाले । तपाईंको यस्तो व्यवहारले उनी पक्कै पनि पग्लनेछिन् ।

 ३. अरु महिलाले आकर्षित गर्ने हो कि भन्ने डरः


 आफ्नो पुरुषसँगै काम गर्ने वा महिला साथीहरुले उनलाई आकर्षित गर्ने हो कि भन्ने पीर धेरै महिलामा हुने गर्दछ । आफूसँग नभएको कुरा चाहने भएका कारण नै यस्तो डर महिलाहरुमा बढि हुने गर्दछ । त्यसकारण महिलाहरु आफ्नो प्रेमीले अरु कोही महिलालाई हेर्ने हो कि भन्ने डर सधैँ उनीहरुको मनमा हुने गर्दछ जसलाई उनीहरु कहिले पनि बताउन चाँहदैनन् । 

४. पुरुषहरु इमान्दार होस् भन्ने चाहनाः


सबै मानिसहरुले आफ्नो पार्टनर जस्तो सुकै अवस्थामा पनि आफूप्रति इमान्दार होस् भन्ने चाहन्छन् । कसैले पनि आफूलाई मूर्ख बनाएको हेर्न चाँहदैनन् । त्यसकारण महिला पनि यसबाट अछुतो छैनन् । महिलाहरुले थुप्रै कुरामा माफी दिन सक्छन् तर झुटो कुरामा सक्दैनन् । पुरुषहरुको जस्तोसुकै गल्तीलाई पनि महिलाले सुन्ने गर्दछिन् र उक्त कुरालाई सुल्झाउन सधैँ तत्पर रहने गर्दछिन् ।

 ५. शरिरको हाउभाउ बुझ्ने र याद गर्नेः


 महिलाहरुलाई छैठौँ इन्द्रिय भएको प्राणीको रुपमा चिनिन्छ विशेषगरि आफ्नो सम्बन्धको बारेमा । महिलाहरु अरुको सानो–सानो व्यवहारलाई याद गर्ने र त्यसलाई विश्लेषण गर्ने गर्दछन् जसमा पार्टनरको शरिरको हाउभाउ पनि समावेश भएको हुन्छ । त्यसकारण महिलाहरुले आफ्नो प्रेमीको कलेजका साथीहरुप्रतिको सहानुभुती बुझ्ने गर्दछन् जसलाई उनले कहिले भेटेकी पनि छैनन् । जब प्रेमीले केहि शंकालु व्यवहार गर्न थाल्दछन्, उनीहरुलाई त्यो कुराले निकै तनावमा पारेको हुन्छ । यदि महिलाले केहि शंका गर्न थाल्छिन् र उनका प्रेमी उनीसँग नभई अफिसमा समय बिताउने गर्दछ भने, उनलाई यस्तो कुराले झन् रुष्ट बनाएको हुन्छ । 

६. साथीहरुसँगको समय महत्वपूर्ण भएको थाहाः


यो एउटा अर्को गोप्य कुरा हो जसलाई थुप्रै पुरुषहरुलाई थाहा हुँदैन । धेरैजसो महिलाहरु आफ्नो पुरुषले साथीहरुसँग पनि समय बिताओस् भन्ने चाहन्छन् । आफ्नो श्रीमान अथवा प्रेमीलाई केहि स्पेस चाहिने कुरा धेरैजसो महिलालाई थाहा हुन्छ । साथीहरुसँग भएको समयमा फुटबल म्याच, बियर पिउनु र थुप्रै प्रकारको खेलहरु खेल्न सबै पुरुषहले चाहन्छन् भन्ने कुरा महिलालाई थाहा छ । समस्या के मा छ भने पुरुषले यस्ता कुराहरुमा ध्यान दिँदा आफूलाई केहि वास्ता नगरेको हो कि भन्ने भान थुप्रै महिलालाई पर्न जान्छ ।

 ७. उनका साथीहरुले आफूलाई मन पराओस् भन्ने चाहनाः


कुनै पनि महिलाले यस्ता कुराहरु भन्ने गर्दिनन् । प्रेमीको जीवनमा साथीको महत्व निकै हुने थाहा पाएका महिलाहरुलाई प्रेमीको साथीले मन पराओस् भन्ने भित्री चाहना हुन्छ । महिलाहरुले आफ्नो पार्टरनलाई कति माया गर्छन् र उनका साथी धेरै राम्रो व्यक्ति हुन् भन्ने आफ्नो प्रेमीका साथीलाई आफ्नो मायालु व्यवहारबाट देखाउन चाहन्छिन् । 

८. महिलालाई स्पेस चाहिएको कुराः


 यदि कोही महिलाले उनलाई स्पेस चाहिएको बताउँछिन् भने उनले तपाईंलाई हेर्न नचाहेको भन्ने नबुझ्नुहोस् । उनले तपाईंहरु बिच समझदारी मात्र चाहन्छिन् । तपाईंकी प्रेमिका र श्रीमतीले तपाईंले उनको जीवनमा हरु केहि महत्वपूर्ण कुराहरुको पनि भएको बताउन चाहन्छिन् र यी कुराहरुलाई तपाईंले सकारात्मक दुष्टिकोणले हेर्नुहोस् भन्ने पनि चाहन्छिन् । 

९. साँचो कुरा गरोस् भन्ने चाहनाः


सबै महिलाले आफ्नो पार्टनरले साँचो कुरा बोलोस् भन्ने चाहन्छिन् । त्यसकारण तपाईंकी महिला कुनै लुगामा मोटी देखिएकी छिन् भने उनलाई ‘निकै राम्री देखिएकी छौ’ नभन्नुहोस् । उनी मोटी देखिएकी छिन् र पनि राम्री देखिएकी छिन् भन्न नडराउनुहोस् । आफ्नी महिलालाई उनी जे छिन् त्यसलाई नै आफूले माया गरेको भन्ने देखाउनुहोस् । उनलाई तपाईंले सँगै व्यायाम गरौँ भन्न सक्नुहुन्छ । तपाईंको यो इमान्दारीतालाई उनले पक्कै पनि मनपराउनेछिन् ।