मासु खानाले क्यान्सरको खतरा बढ्ने !

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

masuकाठमाडौं । पशुहरूका साथमा नैतिक व्यवहारको पक्षधर पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) का अनुसार धूम्रपान जस्तै मासु खानाले पनि मानिसहरूलाइ मुटु सम्बन्धि रोगहरूका साथै क्यान्सरको खतरा समेत बढ्ने जनाएको छ । मानिसहरूमा जागरुकता फैलाउने कार्यक्रम अन्तर्गत यस संगठनले छिमेकी मुलुक भारतमा एक सूचना प्रकाशित गरेको छ । जसमा एक बच्चालाइ चुरोट पिइरहेको देखाइएको छ। यसको तलपट्टी तपाइँ आफ्ना बच्चाहरूलाइ कहिल्यै चुरोट पिएको देख्न चाहनुहुन्छ र धूम्रपान जस्तै मासु खानाले पनि मानिसहरूमा मुटु सम्बन्धि रोगहरूका साथै क्यान्सरको खतरा बढ्दछ । त्यसैले शाकाहारी बन्नुस ।

पेटाले एक विज्ञप्ती प्रकाशित गरि भनेको छ कि भारतको एक शहर हैदराबादमा जीवनशैलीका कारण हुने क्यान्सर रोगीहरूको संख्यामा निकै बृद्धि भैरहेको छ, यसैले यो शहर पेटाको नयाँ जीवन रक्षक अभियानका लागी निकै अनुकूल रहेको छ । ४ फेव्रुअरीमा विश्व क्यान्सर डे का अबसरमा यस संस्थाले मानिसहरूलाइ मासु र डेरी उत्पादनहरू छोडनका लागी आग्रह गरेको छ । पेटा इन्डियाकी पोषणविद् भुवनेश्वरी गुप्ताका अनुसार हामी सबैलाइ यो कुरा थाहा छ कि आफ्ना बच्चाहरूका लागी एक राम्रो उदाहरण स्थापित गर्नु कति महत्वपूर्ण छ । राम्रो बानी शुरू गर्नु जस्तै, शाकाहारी बन्नु जस्ता कुराहरूले उनीहरूलाइ स्वस्थ जीवनतर्फ मार्गदर्शन गर्नेछ ।

एजेन्सी