फुटबल म्याचमा भएको भागदौड र झडपमा २२ को मृत्यु

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

95d263a6a1abadb903ef797d73f58bd0_Lकायरो , माघ २६ – इजिप्टको राजधानी कायरोमा फुटबल म्याच हेरिरहेका दर्शकबीच भएको भागदौडमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । आइतबार राति भएको क्लबको म्याचमा विशेषगरी आ–आफ्ना क्लबका समर्थकहरुले सो भागदौड गरेका थिए । उक्त भागदौडमा परी आइतबार राति नै २२ जनाको ज्यान गएको हो ।

उक्त भिडमा परी थिचिएर र उकुसमुकुसका कारण अरु २० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएको प्रहरीले जनाएको छ ।

मारिनेमा त्यहाँको स्थानीय क्लव जामलेक क्लबका समर्थकहरु बढी परेको बताइएको छ । उनीहरु टिकट नै नलिई रातिको सो म्याच हेर्न पुगेका प्रहरीले जनाएको छ ।

इजिप्टको राजधानी कायरोको सुरक्षित मानिएको र सुविधा सम्पन्न एयर डिफेन्स स्टेडियममा क्लबको उक्त म्याच भएको थियो । उक्त स्टेडियमको बाहिर पुगेका दर्शकहरुले बिना टिकट नै भित्र पस्न पाउनुपर्ने भनी हुलहुज्जत गरेकोले प्रहरीले पनि अश्रुग्यास हानेको समाचारमा जनाइएको छ ।

त्यसपछि भागदौड सुरु भएको त्यहाँ म्याच हेर्न पुगेका दर्शकले बताएका छन् । प्रहरीको कारबाहीका कारण नै त्यहाँ तनाव उत्पन्न हुन पुगेको समाचारमा जनाइएको छ । त्यहाँका जामालेक र इन्पी क्लबको सो म्याचमा ती क्लबका समर्थकहरुका बीच सो भागदौड र हुल भएको थियो । प्रहरीले कतिपय व्यक्ति त्यहाँ उकुसमुकुस भएकोले मारिएका जनाएको छ ।

इजिप्टको गृह मन्त्रालयले सो स्टेडियममा बढीमा १० हजार जना बस्नसक्ने क्षमता रहेको भएपनि त्यहाँ जमालेकका समर्थकहरु निकै नै ठूलो सङ्ख्यामा आएकोले सो अवस्था आएको बताएको छ । इजिप्टको सरकारी समाचार समिति मेनाले दिएको जानकारीअनुसार सो घटनामा परी घाइते भएकाहरुको अङ्ग भङ्ग भएको छ । उनीहरुको शरीर पनि सयौँले कुल्चिएर भाग्दा अङ्गभङ्ग भएका थिए ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अधिकांश घाइतेहरुको ढाड भाँचिएको छ भने केहीका हात खुट्टा भाँचिएका छन् । यो हिंसापछि उक्त राष्ट्रिय म्याच तत्कालै स्थगित गरिएको छ । अर्काे सूचना नभएसम्मका लागि सो म्याच स्थगित गरिएको सरकारी प्रवक्ताले जनाएका छन् । -सिन्ह्वा