यस्ता दाँत हुने महिला पुरुषलाई जे भन्यो त्यही गराउँछन्

743 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaशरीर विज्ञान सम्बन्धी समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको स्वभाव र चरित्र ब्यक्तिको दाँत हेरेर अनुमान गर्न सकिन्छ । यहाँ समुन्द्र शास्त्रका अनुसार कस्तो दाँत भएका स्त्री वा पुरुषको स्वभाव र चरित्र कस्तो हुन्छ?
  • जुन स्त्रीको दाँत केही बाहिर नस्किएका हुन्छन् त्यस्ता स्त्री बढी बोलने र आफ्नो कुरा अरुलाई मनाउन सक्छन् । यसै कारण यस्ता महिला परिवारमा प्रिय पात्र बन्न सक्दैनन् । यस्ता दाँत हुने महिला हँसमुख र रिसाएको मुड बुझ्न कठिन हुने हुन्छन् ।
  • जुन ब्यक्तिका दाँत सिधा र मिलेका हुन्छन् त्यस्ता ब्यक्ति धनी हुन्छन् भने प्रसिद्धी पनि कमाउँछन् । यस्ता ब्यक्ति जागिर गर्ने भन्दा पनि आफै ब्यवसाय गरेर अरुलाई जागिर दिने स्वभावका हुन्छन् । यी ब्यक्तिहरु देखावटी स्वभावका पनि हुन्छन् ।
  • काला र अलि नमिलेका दाँत हुने ब्यक्ति स्वार्थी स्वभावका हुन्छन् । आफ्नो हित हुने देखेपछि मात्र यस्ता ब्यक्तिहरु कुनै पनि कदम चाल्छन् । यस्ता मानिसले स्वार्थका लागि साथीभाइ समेत भन्दैनन् । लालच बढी हुने भएका कारण यिनीहरुलाई समय समयमा लाजमर्दो अवस्थाको सामना गर्नु पर्ने हुन्छ ।
  • सेता र सफा दाँत हुने ब्यक्ति भाग्यमानी हुन्छन् । यिनीहरुको ब्यवहार पनि राम्रो हुन्छ । यिनीहरु सहजै अरुसँग घुलमिल हुन सक्छन् । यी ब्यक्तिहरु भावुक पनि हुन्छन् । सजिलै अरुलाई भरोसा गर्छन् र धोका पनि पाउँछन् ।
  • दाँतको बिचमा अन्तर हुने ब्यक्तिहरु अरुको पैसामा मोज गर्ने भाग्यमानी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । यिनीहरुलाई आफ्नै खल्तीबाट पैसा निकाल्न भने निक्कै कठिन लाग्छ ।
  • जुन ब्यक्तिको दाँत हल्का काला रंगका हुन्छन् उनीहरु चतुर खेलाडी हुन्छन् । यस्ता ब्यक्ति झगडालु पनि हुन्छन् । देख्दा भद्र देखिने यिनीहरु भित्रबाट भने स्वार्थी स्वभावका हुन्छन् ।
  • पहेंलो रंगका दाँत हुने ब्यक्तिहरु नरम मिजासका हुन्छन् । यस्ता ब्यक्ति हरेक पल जीवनमा रमाइलो गर्नु पर्छ भन्ने मान्यता राख्छन् । यिनीहरु भरपर्दा र विश्वासिला हुन्छन् ।