अन्तराष्ट्रिय न्यूरो सर्जिकल सम्मेलन चितवनमा शुरु

796 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10988693_945664822117998_1660144615_oचितवन, – चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा अन्तराष्ट्रिय न्यूरो सर्जिकल सम्मेलन शुरु भएको छ । कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल भरतपुर न्यूरो सर्जरी विभाग,एसियन कग्रेस अफ न्यूरोलोजिकल सर्जरी, नेपलीज सोसाईटी अफ न्यूरो सर्जन्स्, र वाल्टरडेण्डी सोसाईटीको संयुक्त  आयोजनामा सम्मेलनको आयोजना गरिएको हो ।  न्यूरो सर्जिकल सम्मेलन तीनदिनसम्म  कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल भरतपुरको परिसरमै जारी रहने छ ।

सम्मेलनको आज एक विशेष समारोहका विच काठमाण्डौं युनिभर्सिटिका भाइस चान्सलर प्रोफेसर रामकान्त मकाजु श्रेष्ठ र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका अध्यक्ष प्रो नागेन्द्र पम्पाटीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।  सो अवसरमा वोल्ने विज्ञ वक्ताहरुले अन्तराष्ट्रिय स्तरको सम्मेलन नेपालले आयोजन गर्न पाउनु गौरवको विषय भएको भन्दै नेपाललाई विश्वसामु शशक्त रुपमा उभ्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

 टाउको र नशा सम्वन्धमा विश्वमै कहलिएका प्रोफेसरहरुको सहभागिताका कारण विश्वको अनुभव आदानप्रदानका लागि सम्मेलन निकै महत्वपूर्ण भएको प्रो पम्पाटीले विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा काठमाण्डौं विश्वविद्यालयका रजिष्ट्रार भोला थापा,भाईस चान्सलर रामकान्त मकाजु श्रेष्ठ,वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा,वसन्त पन्त,प्रो आईपी चेरियन,बालकृष्ण थापा लगायतले वोलेका थिए ।

न्यूरो सर्जिकल कन्फरेन्समा विश्वमा ४० भन्दा वढी नाम चलेका फेकेल्टीको सहभागिता रहेको छ । यस कन्फरेन्समा २ सय जना विज्ञहरुको सहभागिता रहेको कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पतालका आवासिय निर्देशक डा भी नटराजप्रसादले जानकारी दिनुभयो ।

सम्मेलनमा वाल्टरडेण्डी सोसाईटीका सलिम अव्दुल रफ, न्यूरो ट्रमा सर्जरी सम्वन्धि अन्वेषक मेडिकल कलेजका प्रो आईपी चेरियन,युरोप,अमेरिका,अफ्रिका,अष्ट्रेलिया,क्यानडा,विभिन्न एसियाली देश र नेपालका ख्यातीप्रँप्त न्यूरो सर्जन्स् सहित विश्वभरका न्यूरो विशेषज्ञहरुले अनुभव आदानप्रदान गर्नेछन् ।  सम्मेलन माघ २९ गते सम्पन्न हुनेछ ।