लोकसेवाले साढे ६ सय पदमा दरखास्त खुलायो

551 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

d12103d6cb10a2ca91c6562af4ff7ce4-339x256काठमाण्डौं, -लोकसेवा आयोगले स्वास्थ्य सेवा अन्र्तगतका १२ विभिन्न समूहमा करिव ६ सय ५० दरन्वन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले स्वास्थ्य सेवाअन्र्तगत पाँचौ तहमा खुल्ला समावेशी र आन्तरिकसमेतमा यस्तो दरखास्त आह्वान गरेको हो ।

जसमा स्टाफ नर्स, स्वास्थय साहायक (एचए) डेन्टल हाइजेनिस्ट, आयुर्वेद, ल्याब, स्नेस्थेसिया र रेडियोलोजी तर्फ सहायक पदका लागि छन् । ती मध्ये सबैभन्दा बढी एचए र नर्स छन् । लामो समयदेखि स्वास्थ्यमा पाँच हजार भन्दा बढी दरवन्दी रिक्त छ ।

स्वास्थ्य ऐनमा पछिल्लो चैतमा भएको संसोधनपछि लोकसेवाले क्रमशः दरखास्त खुलाइरहेको हो ।**