तिप्लिङमा कक्षाभित्रै बिद्यार्थीलाई खुकुरी प्रहार

769 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_1907धादिङ,१ फागुन- धादिङको वेनिघाट गाविसको हर्कपुर माविमा मदिरासेवन गरी कार्यालय कक्ष भित्र प्रवेश गरेको समुहले प्रधानाध्यापक र शिक्षक माथि हमला गरेको घटना सेलाउन नपाउंदै जिल्लाकै तिप्लिङ गाविसमा कक्षा कोठा भित्र पढिरहेका बिद्यार्थी काटिएका छन । धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा रहेको तिप्लिङ गाउं विकास समिति वडा नम्बर ३ को दोङ्देन माध्यामिक विद्यालयका एक विद्यार्र्थीमाथी पढिरहेको ठाउंमै खुकुरी प्रहार भएको हो ।
विद्यालयको कक्षा ९ मा पढिरहेका १५ वर्षिय अशोक भनिने एलेरोङ तामाङलाई विहिबार दिउ्रसो हतियार सहित कक्षाकोठा भित्र प्रवेश गरेको समुहले खुकुरी प्रहार गरी घाईते बनाएको हो । तामाङ, घले र थोरै संख्यामा दलित समुदायको वसोबास रहेको तिप्लिङ गाविस जिल्लाको सबैभन्दा विकटमा रहेको हिमाली बस्ती हो ।
तिप्लिङकै वडा नम्बर ५ का सुलेमान तामाङ सहित ५÷६ जनाको समूहमा आएका यूवाहरुले कक्षाकोठा भित्र प्रवेश गरी  कुटपिट गर्दै खुकुरी लगायतका धारिलो हतियार प्रहार गरि घाईते वनाएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुई समुहमा रहेका बिद्यार्थीहरु बिच पहिले देखि जारी रहेको मनमुटावका कारण सोही विद्यालयमा पढ्ने विद्यार्थीहरुको एक समूहले विहीवार तामाङमाथी खुकुरी हानेको स्थानीयले वताएका छन ।
खुकुरी सहितको धारिलो हतियार प्रहारबाट तामाङको टाउको, हात र खुट्टामा गम्भीर चोट प्रहरीले जनाएको छ । खुकरी प्रहारबाट सख्त घाइते भएका तामाङलाई तिप्लिङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाण्डौंबाट झिकाईएको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । शिक्षकले पढाउदै गरेको बेला कक्षाकोठाभित्र हातमा खुकुरी र अन्य हतियार सहित कक्षाकोठा भित्रपसेको समुहले कुटपिट गर्दै खुकुरी प्रहार गरी भागेको स्थानीयले बताएका छन।
त्यस्तै सोही गाविसको वडानं ३ मा बुधबार राती युवा हरुको बिचमा भएको झगडामा खकुरी प्रहार हुदा चे घले घाइते भएका थिए । दुबै घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनास्थल अति विकटमा रहेको छ भने सडक र प्रभावकारी सञ्चारको पहुंच समेत पुग्न सकेको छैन । गाविसभरीका वासिन्दाको लागि तिप्लिङ ठुलो गाउंमा रहेको २ लाईन भिस्याट फोनबाट महंगो शुल्क तिर कुराकानी गर्नुपर्ने वाध्यता रहेको छ ।