नेपालमा २० गैंडा मारेर मलेसीया पुगेका चेपाङ पक्राउ

519 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं–सर्वाधिक खोजी हुंदै आईरहेपनि प्रहरीले भेट्न नसकेको चितवनका राजकुमार प्रजा  अर्काको नाममा नागरिकता वनाएर मलेसिया पुगि बसिरहेको काम गरिरहेको अवस्थामा पक्राउ परेका छन ।  गैंडाको खागको तस्करी गरेको अभियोगमा सर्वाधिक खोजीको सूचीमा रहेका   चितवनका प्रजालाई प्रहरीले सार्वजनिक गरेको छ । इन्टरपोलको रेड कर्नर नोटिसमा रहेका प्रजालाई मलेसियन प्रहरीले मलेसियाको वाङतिङ तेलोक शहरबाट पक्राउ गरि नेपाललाई बुझाएको हो ।

Raj Kumar Praja

कोराक ९ चितवनका प्रजाले गोरखाबाट भक्तराज गिरीको नाममा नक्कली नागरिकता र राहदानी बनाएर २०६७ सालको असोजमा मलेसिया पुगेका थिए । अनुसन्धानबाट प्रजाले राष्ट्रिय निकुन्ज र जिल्ला बन कार्यालय चितवनको क्षेत्रभित्र २० वटा गैंडा मारी खाग विक्री गरेको, ५ वटा गैंडा गोली हानी घाइते बनाएको भेटिएको राष्ट्रिय निकुन्जको कार्यालय चितवनले जनाएको छ । प्रजाविरुद्ध गैंडा मारेर खाग बेचेको १५ वटा मुद्दा परेकोमा ६ वटा मुद्दा फैसला भईसकेका छन् । फैसला भएका ६ वटै मुद्दामा १५ बर्ष कैद र १ लाख जरिवाना तोकिएको निकुन्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो ।