कान्छो निर्देशक सौगातले लेखाए गिनिज बुकमा नाम

550 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आठ वर्षकै उमेरमा फिल्म निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौगात विष्टले विश्व किर्तीमानी कायम गर्न सफल भएका छन् । सानै उमेरमा फिल्म निर्देशन गरेका सौगातले ‘गिनिज बुक अफ वल्ड’ रेकर्डसले उनलाई  को उपाधी दिएको छ ।

ष्टिले आठ वर्षकै उमेरमा ‘लभ यु बाबा’ फिल्म निर्देशन गरेका थिए । गिनिज बुक अफ वल्ड रेकर्डले उनलाई विश्वकै सबैभन्दा कान्छो निर्देशकको मान्यता दिएको हो ।

गिनिज बुकले दिएको प्रमाणपत्रमा लेखिएको छ, ‘सौगात विष्ट व्यवसायिक रुपमा फिचर फिल्म निर्देशन गर्ने विश्वकै सबैभन्दा कम उमेरका निर्देशक हुन् ।’ उनले निर्देशन गरेको फिल्म रिलिज हुँदा विष्टको उमेर ७ वर्ष ३ सय ४० दिन थियो ।

सौगातले उपाधिसँगै भारतीय बाल निर्देशकको रेकर्ड तोडेका हुन् । भारतमा किसान श्रीकान्तले सन् २००६ मा ‘फुटपाथ’ फिल्म निर्देशन गरेर विश्व कीर्तिमानी कायम राखेका थिए । सौगातले निर्देशन गरेको फिल्ममा उनका बाबु गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मालगायतले अभिनय गरेका थिए । नेपाली चलचित्रका क्षेत्रबाट नै विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली हुन् ।