रकम अभावले भवन अलपत्र- कोठाको अभावले दुई कक्षाको पढाई एकै स्थानमा

581 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 1624216_484940164978046_214444480_nधादिङ– धादिङको किराञ्चोक गाउँ विकास समिति वडा नम्बर ७ स्थित जुनतारा प्राथमिक विद्यालयमा विद्यालय भवन जिर्ण भएको बर्षौ विति सक्दा पनि सम्बन्धीत पक्षले अहिले सम्म चासो देखाएको छैन । विद्यालयका विद्यार्थीहरु धुलो, माटो र लड्न लागेको भवन र केहि लडिसकेको विद्यालयमा पढ्न बाध्य भएका छन् । प्राथमिक विद्यालय तह सम्म अध्ययन हुने सो विद्यालयमा हाल १ सय ७ जना विद्यार्थी पढ्दै आईरहेका छन् । तामाङ जातिको बाहुल्यता रहेको उक्त विद्यालय भौगोलिक हिसाले पनि विकट स्थानमा रहेको छ । एक मात्र राहत दरबन्दी रहर पनि कक्षा पाँच सन्चालन गर्दा आर्थिक अभाव रहेकाले विद्यालय भवन मर्मत तथा नयाँ निर्माण गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक किशोर अधिकारीले जानकारी दिनुभयो । बर्षेनी जिल्ला शिक्षा कार्यलय धादिङले विद्यालय भवन निर्माण तथा मर्मतको लागि बजेट बाँडफाँड गर्छ तर सो विद्यालयमा हालसम्म शिक्षा कार्यलयले योजना नदिएको प्रधानाध्यापक अधिकारीले गुनासो गर्नुृभयो । बागेश्वरी उमावि बैरेनी स्रोत केन्द्रबाट ३ बर्ष अगाडीदेखी प्रधानाध्यापकहरुको बैठकबाट विद्यालयको लागि सिफारीस हुदा समेत भवन बाँडफाँड गर्दा राजनीतिक भागबन्डा र खिचातानी हुने गरेको र आफ्नो विद्यालयलाई कुनै संघ–संस्थाले सहयोग नगरेको प्रधानाध्यापक किशोर अधिकारीले दुखेसो पोख्नुभयो । गतबर्षको ईलाका गोष्ठीबाट विद्यालयको भवन निर्माणको लागि योजना परेको थियो । पाँचलाखको योजना परेको भएपनी सम्झौँता गर्ने बेलामा योजनाको १ लाख ५० हजार रुपैँया जिल्ला विकास समिति धादिङले कटौती गरेकाले २ कोठे भवन निर्माण गर्न नसकीएको विद्यालय व्यावस्थापनस मिमितिका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो । जिल्ला शिक्षा कार्यलय धादिङले यसबर्ष सो विद्यालय लाई २ कोठे भवनको लागि सिफारीस गरेको भएतापनी राजनैतिक भागबन्डाका कारण हालसम्म शिक्षा कार्यलयको भौतिक बाँडफाडमा हुन सकिरहेको छैन । उता विदिालय सन्चालनको लागि निजि श्रोतमा नियुक्त गरेको ३ शिक्षिका र एक परिचरलाई तलब खुवाउन समस्या परेको विद्यालय व्यावस्थापनले बताएको छ । शिक्षा जस्तो कुरामा पनि सम्बन्धीत निकाय मौन बसेकोले गुणस्तर शिक्षा प्रदान गर्न नसकिएको हो । विद्याथीहरु कक्षा कोठाको अभावको कारण खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।