एउटा मोटरसाइकलको मूल्य २ करोड ७७ लाख

685 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bike-445x300

काठमाडौं,-स्वीजरल्याण्डको एक मोटरबाइक उप्पादक कम्पनी ‘फेलोइन मोटरसाइकल्स’ले अहिलेसम्मकै सबैभन्दा महँगो मोटरसाइकल निर्माण गरेको छ । जसको मूल्य २ लाख ८० हजार डलर अर्थात दुई करोड ७७ लाख रुपैयाँ रहेको छ ।

‘फेलाइन वान’ नामको मोटरसाइकल बनाउन चार वर्ष लागेको सो कम्पनीले जनाएको छ ।
उक्त मोटरसाइकलमा कार्बन, टाइटेनियम, आल्मुनियम तथा अन्य उच्चगुणस्तरीय सामान प्रयोग गरिएको छ । मोटरसाइकलमा आठ सय सिसी पावर इन्जिन जडान गरिएको छ ।
उक्त मोटरसाइकलमा स्पिड गियर ६ रहेको र १ सय ७० बिएचपीको आउटपुटयुक्त पावर जडान गरिएको छ सो कम्पनीले जनाएको छ । आठ सय सिसीको उक्त मोटरसाइकल १ सय ५५ किलोग्राम रहेको तर, तुलनात्मक रुपमा निकै हलुका रहेको ‘फेलोइन मोटरसाइकल्स’ ले जनाएको छ कारोवार दैनिकले खबर लेखेको छ ।