खोई त ? धादिङबेसीमा रहेको मासु पसलको गुुणस्तर सुधार भएको ।

671 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

masuधादिङ– जिल्ला पशु सेवा कार्यालय  धादिङले जिल्लामा रहेका मासु पसलको गुणस्तर सुधान गर्न पटक–पटक अनुगमन गरेपनी अहिले सम्म सुधार हुन सकेको छैन । बजार अनुगमनको क्रममा दिएको सात दिने म्याद नाघेको पनि महिनौ भईसकेको छ । तर न मासु पसलको गुणस्तर सुधार भएको छ, न पसलेमाथि कारबाहीनै भएको छ । उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने मासु पसलेहरुलाई कारबाही गर्न नसक्दा अवस्था जस्तो तस्तै रहेको छ । जिल्ला पशु सेवा कार्यालय  धादिङले गुणस्तर सुधार गर्नको लागि पटक पटक अनुरोध गर्दा पनि मासु पसलेहरुले अटेरी गरेका छन् । दर्ता विनानै मासु पसलले संचालन  गर्ने जस्ता क्रियाकलाप हुँदा पनि सम्बन्धीत निकाय भने मौन बसेको छ । मासु पसल सन्चालन गर्नको लागि आवश्यक पर्ने न्युनतम मापदण्ड पनि पुरा नगरेको जिल्ला पशु सेवा कार्यालयका डां शिखा तिवारीले बताउनु भयो । मासु पसल सन्चालन गरेको वरपरको वातावरण सफा हुनुपर्ने हुन्छ तर धादिङबेसीमा सन्चालनमा रहेका अधिकांस मासुपसलहरुमा किरानादेखी कपडा पसल सम्म एकै स्थानमा रहेका छ । मासु काट्नको लागि प्रयोग हुने अचानो समेत सफा छैनन भने डि फ्रिज विग्रीएको समेत पाईएको छ । अनुगमनको क्रममा गुणस्तर सुधार गर्नको लागि एक हप्ताको समय दिईएको हुन्छ तर म्याद नाघेको महिनौ पुग्दा पनि कुनै कारबाही नुहँनेलपनि मासु पसलको सुधार नभएको स्थानीयहरुको भनाई छ । उपभोक्ताहरुले पैसा तिरेर खादा पनि शुद्ध र सफा मासु खान पाएका छैनन् । दर्ता विनानै सन्चालन हुनु नियमविपरीत भएपनी नियम कार्यन्वयन गराउने निकायले कुनै वास्ता नगरेको हो । बर्षको एक दुई पटक अनुगमन गर्ने र त्यसपछी चुप लागेर बस्नाले मासु पसलेहरुले मनोमानी ढङगबाट पसल सन्चालन गरेका हुुन् । अन्य पेशा भन्दा सजिलो र नाफामुखी पेशा भएरपनी अहिले जस्ले पनि यो पेशा गर्न थालेका छन् । दिनमा ४–५ वटा कुखुरा विक्री हुने स्थानमा पनि मासु पसल सन्चालन गरेका छन् । नाफा कमाउने उद्देश्यले भन्दा पनि समय कटाउने उद्देश्यले समेत मासु पसल सन्चालन गर्नेहरु पनि रहेको छन् ।