नेपाली श्रमिक ठग्ने ७९ कम्पनी दूतावासको निगरानीमा

507 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepali_worker_in_Malasiya_456690925फोटो :फाइल फोटो
मलेसिया : नेपाली श्रमिकलाई ठग्ने मलेसियाका ७९ वटा रोजगारदाता कम्पनीलाई त्यहाँस्थित नेपाली दूतावासले निगरानीमा राखेको छ । ३२ वटा सुरक्षागार्ड कम्पनी र ४७ वटा अन्य कम्पनीहरुमाथि विशेष निगरानी गरिएको दूतावासले जानकारी दिएको छ अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।

यो  फेब्रुअरीको अन्तिम सम्मको तथ्याङ्कका आधारमा ती कम्पनीमाथि दूतावासले विशेष निगरानी गरिरहेको हो ।

दूतावासका सहायक राजदूत हेमलाल भट्टराईका अनुसार नियम र सम्झौता बमोजिम यी कम्पनीमा कार्यरत नेपालीहरुले तलव, राहत र अन्य सुविधा नपाएको गुनासो आएपछि विशेष निगरानीको सूचीमा राखिएको हो ।

बिरामी हुँदा समयमा उपचार नगराएको, नेपालमा सम्झौता गरेअनुसारको तलव सुविधा नदिएको, समयमा भिषा नविकण नगरिदिएको र अनावश्यक मानसिक तथा शारिरीक यातना दिएको जस्ता गुनासा श्रमिकले गरेपछि ती कम्पनी निगरानीमा परेका हुन् ।

दूतावासले ती कम्पनीहरुमा रहेका समस्या समाधान नभएसम्म नयाँ कामदारको मागपत्र पारित नगरिने जनाएको छ ।