तिप्लिङका युरुङ तामाङ हत्यामा संलग्न समातिए

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं– गोलढुंगा बस्ने धादिङ तिप्लिङ–९ का २५ वर्षीय युरुङ तामाङको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले काठमाडौं गोंगबुबाट उनीहरूलाई पक्राउ गरेको हो ।

pakraauपक्राउ पर्नेमा काठमाडौं मनमैजु बस्ने उदयपुर त्रियुगा नगरपालिका–११ गाईघाटका १९ वर्षीय अभिषेक कार्की र काठमाडौं गोंगबु बस्ने बाँके चिसापानी–१ का २८ वर्षीय काले भन्ने कृष्ण बीसी छन् ।

कार्की गोंगबुस्थित कोसेली यातायात टिकट काउन्टर र बीसी बुटवल सिद्धबाबा गेस्ट हाउसमा काम गर्ने गर्दै आएका थिए ।

गत ३० पुसमा काठमाडौं टोखा नगरपालिका–१३ दीपज्योति आवासीय माविनजिकै सडकपेटीमा टाउकोमा चोट लागेको अवस्थामा फेला परेका तामाङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार क्रममा मृत्यु भएको थियो ।