मलेसियामा एक नेपालीलाई मृत्युदण्ड, ३२२ जेलमा ,३५७ डिर्पाट शिविरमा

664 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumb (1)

रोजगारीको सिलसिलामा मलेसिया गएका एक नेपाल नेपालीलाई यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ।नेपालीहरूको लागि रोजगारीको मुख्य गन्तव्यस्थलको रूपमा विकास भइरहेको मलेसियामा नेपालीहरू विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै मलेसियन सरकारले विशेष निगरानी बढाएको छ सेतो पाटी डट कमले खबर लेखेको छ ।

पछिल्लो समय मलेसियाली अदालतले एक मलेसियाली नागरिकको हत्यामा संलग्न भएको भन्दै गत साता एक नेपालीलाई मृत्यदण्ड सुनाएको हो।

अहिले मलेसियाका विभिन्न जेलमा गरी ३२२ जना नेपाली जेलमा छन्। हत्यामा संलग्नता ,चोरी, बलात्कार स्थानीयसँग झगडा, लागूऔषध ओसारपसार लगायतको आरोपमा जेलमा छन्। अवैधानिक रूपमा काम गरिरहेका ३ सय ५७ डिर्पाट शिविरमा स्वदेश र्फितिका लागि बसिरहेको राजदूतावासले जनाएको छ।

मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमान सिंह बस्नेतले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन अधिकार सम्पन्न उच्चस्तरीय रोजगार आयोग बनाउनुपर्ने नेपाली असुरक्षित हुँदै गएका जनगुनासोसमेत बढ्दै गरेको बताएका छन्।

मलेसियामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत बस्नेतले वैदेशिक रोजगारीका क्रममा नेपालीहरु ठगिने र विभिन्न समस्यामा पर्ने गरेकाले उनीहरुको समस्या समाधान गर्न उच्चस्तरीय रोजगार आयोग गठन गर्नुपर्ने विकल्प अरु नरहेको बताए।

राजदूत बस्नेतले यस विषयमा नेपाल सरकारसँग कुरा गरिसकेको जानकारी समेत दिएका छन्।

हाल मलेसियामा दश लाख हाराहारी नेपाली रहेको भन्दै कर्मचारी अभावका कारण काम गर्न नसकिएको र आफू आएपछि धेरै सुाधार भने गरिएको बताए। आफ्नै पहलमा अबैधानिक कामदारलाई नेपालपठाई रहेको र फेरि पनि यहाँको सरकारसँग अनुरोध गरेर नेपाल पठाउन लागेको जानकारीसमेत दिए।

गत वर्ष सन् २०१४ सेप्टेम्बरदेखि डिसेम्बरसम्म २४ हजार नेपाल गएको तथ्याङ्क प्रस्तुत गर्दै राजदूत बस्नेतले यो अवसरको पनि फ़ाइदा लिन अबैधानिक कामदारलाई अनुरोध गरेका छन्। यसरी स्वदेश फर्कन १२८० रिङ्गेट मात्र लाग्ने जानकारी लिँदै दलालको फन्दामा नपर्न आग्रहसमेत गरेका छन्।

राजदूत बस्नेतले हाल मलेसिया जेलमा ३२२ जना रहेको जानकारी दिँदै डिपोर्ट शिविरमा ३६७ जना रहेकाले उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको र  कैद भुक्तान गरेर रिहा भएका नेपालीहरुलाई घर फर्कन आग्रह गरेका छन्।

एक जना नेपालीलाई भने मलेसियामा मृत्युदण्डको सजाय भएकाले उनलाई मृत्युदण्डबाट बचाउन पहल सुरु गरेको जानकारी दिएका छन्। बस्नेतले मृत्युदण्डको सजाय पाएका नेपालीका विषयमा सकारात्मक सन्देश आउने विश्वास रहेको बताए।

राजदूत बस्नेतले नेपाली कामदार मलेसिया ल्याएर दुःख दिने उपचार नगर्ने मानसिक र शारीरिक यातना दिने र तलब नदिने ७० वटा कम्पनीलाई कालोसूचीमा राखेर कारबाही चलाएको राजदूत बस्नेतले जानकारी दिए।

सरोकारबालाहरुको उक्त कार्यक्रममा मलेसिया नेपाली कामदार पठाउन अब सोच्ने बेला आएको सरकारले नेपाली कामदार पठाउन समस्या सावधानी अपनाउन सरकारलाई आग्रह गरेका छन्।