सडकमा हिंडदा यौन हिंसाबाट वच्ने नयाँ पोशाक (तस्विर सहित)

570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • 10743

    एजेन्सी, १९ फागुन, विश्वमै बढ्दै गएको यौन हिंसाले महिलाहरु बढी नै प्रभावित बन्ने गरेका छन् । सार्वजनिक स्थलमा, सडक, अफिस तथा घरमै पनि महिलाहरु पटक पटक यौन हिंसाको सिकार भएको खबर हामीले नेपाल लगायत विश्वका धेरै देशबाट सुनेकै छौँ । महिला हिंसाका घटना बढ्दै गएपछि सरकारी तवरबाट तथा मानव अधिकारवादी, महिला अधिकारवादी तथा स्वयम् महिलाहरुबाट पनि विभिन्न उपाय तथा तौरतरिका अपनाएको पाइन्छ तर पनि महिला हिंसाका घटनामा कमी आएको पाइदैन । यस्तै महिला हिंसाका घटनाबाट बच्नको लागि अफगानिस्तानमा एक युवतीले नयाँ जुक्त निकालेकि छिन् ।

    अफगानिस्तानको सडकमा केही दिन अघिदेखि मान्छेले एक अनौठी युवतीलाई सडकमा हिडिरहेको देखे । २६ वर्षकी कुबरा खादेमी नाम गरेकी एक युवती सडकमा देखिइन् त्यो पनि फलामको लुगा लगाएर । कुबराले छाती, पेट तथा पछाडि  लगाउन मिल्ने किसिमको फलामको कवच लगाएर सडकमा निस्किएपछि हेर्नेको भिड लाग्यो र उनको यस्तो अनौठो तौर तरिकाको फोटो इन्टरनेटमा तुरुन्तै भाइरल भैहाल्यो ।

     

    कुबरा खादेमी पेशाले भिजुअल आर्टिष्ट रहेको बताइएको छ । उनले सडकमा हुने महिला हिंसाको विरोध गर्दै यस्तो लुगा लगाएर प्रदर्शन गरेको बताइएको छ । जब कुबरा सडकमा देखिइन् उनकोपछि लाग्ने, फोटो खिच्ने र खिल्ली उठाउनेको संख्या हजारौँ भयो । यसैगरी उनलाई तथानाम गाली गर्ने, ढुङ्गाले हान्ने गरेका थिए भने जानी बुझी उत्तेजक कपडा लगाएको र पुरुषलाई निचा देखाएको आरोप समेत लगाएका थिए ।

  • एजेन्सिको सहयोगमा