होली खेल्दै गरेका एक बालकको मृत्यु

459 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रुकुम, २१ फाल्गुन  – रुकुममा होली खेल्दै गरेका एक बालकलाई ट्रकले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रुघा ७ का १२ बर्षिय नबराज घर्ति रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मुसिकोट नगरपालिका १ बागबजार नजिक बिहान सडकमा होली खेलिरहेको अबस्थामा लु १ ख ५३२२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिएर घाइते भएको बालकलाई ट्रक चालकले ट्रक ब्याक गरेर मारेको आफन्तले दावी गरेका छन् । चालक मिनबहादुर महतरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।