दोहोरो भिडन्तमा तस्करको मृत्यु

742 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

taskaar चितवन । गए राती चितवनको लोथर गाँउ विकास समिती–३ को जंगलमा प्रहरी र गाँजा तस्करहरु विच भएको दोहोरो भिडन्तमा एक जना तस्करको ज्यान गएको छ भने अर्का एक जना घाईते भएको छ । लोथरको जंगलको बाटो हुदै गाँजा राजमार्गतर्फ ल्याउदै छ भन्ने सुराकीको आधारमा प्रहरीहरुले तस्कर पक्राउ गर्न खोज्दा सो भिडन्त भएको थियो । भिडन्तमा परि तामाङ्ग थरका नाम नखुलेको एक जना युवकको मृत्यु भएको छ ,भने धादिङको महादेवस्थान–३ चोतेसका राजेश तामाङ्ग घाईते भएको चितवन प्रहरीले जनाएको छ । घाईते तामाङ्गलाई भरतपुर अस्पतालमा उपचार भई रहेको बताईएको छ । अरु तस्करहरु भने भागेको प्रहरीको भनाई छ । भागेकाहरुको खोजीकार्य भईरहेको चितवन प्रहरीले बताईएको छ । तस्करहरुबाट प्रहरीले एक थान बारवोर बन्दुक सोमा लाग्ने १६ थान गोली र एक बोरा गाँजा समेत बरामद गरेको बताईएको छ ।