चारदिन पछि बल्ल खुल्यो विमानस्थल

659 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Changing the nose wheel of the Turkish Airlines Airbus Continuouकाठमाडौं,– बुधबार बिहान टर्किस एअरलाइन्सको जहाज अवतरणको क्रममा दुर्घटना भई विमानस्थलको धावनमार्गमा फसेपछि अबरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुलेको छ ।
विमान धावनमार्गमा फसेको र त्यसलाई हटाउन समय लागेपछि चारदिनयता अन्तराष्ट्रिय उठान बन्द भएको थियो ।

विमानलाई धावनमार्गबाट हटाउन खटिएका प्राविधिकहरुले सफलता हात पारेपछि विमानस्थल साँझ साँढे सात बजेदेखी  खुलेको हो ।
यसअघि विमानलाई धावनमार्गबाट हटाउन समय लागेपछि विमानस्थल प्रशासनले उडान सुचारु हुन समय लाग्ने भन्दै पटक पटक विमानस्थल खुल्ने समय सार्दै आएको थियो । केहि घण्टा पहिले पछि विमानस्थल प्रशासनले विमानस्थल राती १२ बजे खुल्ने जानकारी गराएको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक रतिशलाल सुमनले प्राविधिक जटिलता भएकाले विमानस्थल खुलाउन समय लागेको बताए ।

अवरुद्ध विमानस्थल खुलेसँगै यात्रुलाई सहज सेवा दिनका लागि २४सै घन्टा विमानस्थल सञ्चालनमा ल्याइने उनले जनाए ।
चारदिनसम्म विमानस्थल बन्द हुँदा हजारौँ यात्रु अलपत्र परेका थिए भने आज पनि तोकिएको समयमा उडान नहुने सुचना पाएपनि विमानस्थल पुगेका यात्रुहरु निराश हुँदै घर फर्किएका थिए ।