सिभिक डेभलपमेण्ट बैकको मुनाफा ५७ लाख ४६ हजार

559 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadधादिङ–क्षेत्रीयस्तरको सिभिक डेभलपमेण्ट बैकले चालू आर्थिक बर्षको पुस मसान्तसम्ममा ५७ लाख ४६ हजार रुपैया खुद नाफा आर्जन गरेको छ ।
क्षेत्रीयस्तरको एक जिल्ले विकास बैकको रुपमा धादिङमा वित्तीय कारोवार सञ्चालन गर्दै आएको बैकले सो अवधिमा ४४ करोड नौ लाख ६३ हजार तीन सय ९० रुपैया निक्षेप संकलन गरी ३७ करोड ३८ लाख ३७ हजार ६ सय रुपैया कर्जा प्रवाह गरेको छ ।
पांच करोड रुपैया चुक्ता पुँजी रहेको बैंकले सो अवधिमा एक करोड ५९ लाख ५१ हजार चार सय ३० रुपैंया खुद व्याज आम्दानी गरेको छ । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा २० लाख ५९ हजार ६ सय २० रुपैया छुट्याईएको बैकको प्रति शेयर आम्दानी ११ रुपैया ४९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ एक सय १८ रुपैया ६९ पैसा रहेको छ ।
गत बर्षको सोही अवधिमा बैकले २९ करोड २१ लाख ९७ हजार एक सय ४० रुपैया निक्षेप संकलन गरी ३५ करोड ७६ लाख ६७ हजार आठ सय रुपैया कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड चार लाख ९० हजार पांच सय ८० रुपैया खुद व्याज आम्दानी प्राप्त गरेको बैकले सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा चार लाख १५ हजार रुपैया छुट्याएको थियो भने ३८ लाख २७ हजार आठ सय ५० रुपैया खुद मुनाफा आर्जन गरेको थियो । वजार पुंजीकरण १६ करोड २८ लाख रुपैया पुगेको बैकको पछिल्लो पटक चार सय सात रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोवार भएको छ । स्टकमा बैकको एक सय रुपैया अंकित मूल्य कायम रहेको चार करोड रुपैया बराबरको चार लाख कित्ता सेयर सूचीकृत छ ।