जापानमा छुरा हानेर पाँचजनाको हत्या

495 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

japan_stabbing_411659518फोटो :बिबिसी
एजेन्सी : जापानको पश्चिमी सुमोटो शहरमा पाँचजनाको छुरा हानेर सोमबार बिहान हत्या गरिएको छ । जापानी पुलिसका अनुसार छुरा हानेर पाँचजनाको हत्या गरिएपछि ४० वर्षीय एक बेरोजगार व्यक्तिलार्इ तत्कालै गिरफ्तार गरिएको छ ।

स्थानीय मिडिया द असाही समबुनले जनाए अनुसार छुरा हान्ने ब्यक्ति ट्याटसुहिको हिरानो रहेका छन् ।

प्राप्त खबरअनुसार आक्रमणमा संलग्न ट्याटसुहिको हिरानोले लगाएको कपडा रगतले लत्पतिएको अवस्थामा भेटिएपछि उनलार्इ पक्राउ गरी अनुसन्धान गर्दा घटना गराएको स्वीकारेका थिए ।

हत्यामा संलग्नलार्इ हिरासतमा लिइएपनि घटना के कारणले भएको खुल्न सकेको छैन । प्रहरीले एकै घरबाट महिला र पुरुषहरुको शव फेला पारेको छ ।

पुलिसले त्यही घर नजिकैबाट ८० वर्षीय दम्पत्तीको पनि शव भेट्टाएको छ । आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउ परेका हिरानो ती दुबै घर नजिकै बस्दै आएका थिए  अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।