प्रहरी ट्याक्सी खोज्न जाँदा कैदी फरार

527 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं,फागुन २७ – लागुऔषध मुद्दामा १५ वर्ष जेल सजाय तोकिएका एक कैदी प्रहरीको हातैबाट फरार भएका छन् । डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका सिन्धुपाल्चोकका पासाङ शेर्पा मंगलबार उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल लगिएका बेला भागेका हुन् । शेर्पालाई तीन प्रहरीले आँखा जाँचका लागि बिहान १० बजेतिर कारागारबाट अस्पताल पुर्याएका थिए । फर्कने क्रममा शेर्पालाई लिएर गएका प्रहरीमध्ये एक जना ट्याक्सी खोज्न र मास्क किन्न गएको समयमा शेर्पा भागेका हुन्,आजको नागरिक दैनिकमा खबर छ ।