जिल्ला शिक्षा अधिकारीलाई प्याब्सन धादिङको खुल्ला पत्र

893 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

श्री गणेशप्रसाद ढकाल
जिल्ला शिक्षा अधिकारी
जिल्ला शिक्षा कार्यालय
धादिङ ।
धादिङ जिल्लाको जिल्ला शिक्षा अधिकारीको हैसियतमा कार्यरत तपाईं श्री गणेशप्रसाद ढकालको प्रशासनिक अक्षमता हचुवा र मनोमानी कार्यशैली एवम् जिल्लाको शैक्षिक प्रशासन अस्तब्यस्त भै दीर्घकालीन असर पर्ने निश्चित भएकाले सरोकारवालाहरुलाई समयमै जानकारी गराउन आवश्यक ठानी यो खुल्ला पत्र लेखेका छौँ ।
२०७१ चैत ५ देखि सञ्चालन हुने एस्एल्सी परीक्षाको तयारी पुरा भएको छ । जिल्लाका ६ हजार ९ सय ९१ जना परीक्षामा सामेल हुनेछन् । भविष्य निर्माणको दोबाटोमा उभिएका यी बालबालिकाहरुको परीक्षा मर्यादित र व्यवस्थित बनाउने सवालमा हामी सबै सजग, सहयोगी र क्रियाशील हुन आवश्यक छ ।
२०७१ को एस् एल् सी परीक्षाको तयारी हेर्दा अत्यास लाग्दो छ । धादिङले विगतका वर्षहरुमा परीक्षाको मर्यादा कायम राखेको इतिहास छ । तर यो वर्षको तौर तरिकाले हाम्रो असल पहिचान धर्मराउने निश्चित छ । नीति नियम लागू गर्ने नाममा जिल्ला शिक्षा कार्यालय धादिङले आफू अगाडिको समस्याको अजङ्गको पहाड देखेको छैन । भिन्न परिणामको आशा राखेर उही काम दोहो¥याई रहनु पागलपनको परिभाषा हो । आज जे गरिँदै छ त्यो हिजै असफल भएको अभ्यास हो । स्थानीय सद्भाव र सहभागिता प्रतिकुल हुने गरी भएको यो निर्णय कति कार्यान्वयन होला  ? एउटा परीक्षा केन्द्रमा निश्चित भएका विद्यार्थीहरु रातारात अर्को अपायक केन्द्रमा पठाईंदा विद्यालय, विद्यार्थी र अभिभावकको मनोभाव कस्तो हुन्छ < आफ्नो विद्यालयको इज्जत, प्रतिष्ठा र सहभागिता नरहने निर्णय आफ्नो तालुकदार कार्यालयको फरमानका नाममा विद्यालयहरुले कति तामेली गर्लान् ? पेशागत संघ संगठनहरु जश–अपजशका भागी हुन्– उनीहरुका सहभागिता र समर्थन विनाको यो निर्णय कार्यान्वयन कसरी हुन्छ ?
नेपालको शैक्षिक विकासको पछिल्लो कालखण्डमा नीजि क्षेत्रको योगदानको अतुलनीय छ । यो सर्व स्वीकार्य परिणाम हो । हामी नीजि क्षेत्रबाट नेपालको शिक्षा विकासमा कायापलट गर्न आतुर छौं–तयार छौँ । हिजोका दिनहरुमा पनि हाम्रो सहयोग कम थिएन–भोली पनि कम हुँदैन । तर एउटै शिक्षा ऐन, नियम, पाठ्यक्रम र निर्देशन पालन गर्ने सामुदायिक र संस्थागत विद्यालय बीचको भेदभाव किन ? सँस्थागत विद्यालयमा अध्ययन गर्ने अबोध बालबालिका माथि राज्यले किन सत्रुता राख्ने < यो जनशक्ति भोली राज्यले प्रयोग गर्छ कि गर्दैन ? विगतमा जिल्लामा २० वटा एस् एल् सी केन्द्र हुँदा २ वटा संसथागत विद्यालयहरुमा थिए । हाल जिल्ला भर अझ एक परीक्षा केन्द्र थप भै २१ वटा केन्द्र हुँदा सँस्थागत विद्यालयका केन्द्रहरु कटौती गरी शून्य गरिएको छ । हामी माथिको यो असहिष्णु व्यावहारको कारण आधार सहित पुष्टि गरियोस् । जिल्ला शिक्षा कार्यालय धादिङको च. नं. ११३२ मिति २०७१।९।२३ को पत्रले प्याब्सन सदस्य विद्यालय चिल्ड्रेनपार्क आवासीय उच्च माध्यमिक विद्यालय धादिङलाई २४८ जना विद्यार्थीको परीक्षाको व्यवस्था गर्न पठाएको पत्र हावादारी गफ हो < विद्यालयले व्यावस्थापन पुरा गरीसकेको छ, केन्द्र खारेज गरिएको जानकारी विद्यालयमा पठाइएको छैन । यस्तो गैर जिम्मेवार निर्णयको भागिदार को हुने < के अब नीजि क्षेत्रसँगको भद्र सम्बन्ध र समझदारी तोडिएकै हो ? भोलिका दिनमा कुनै सहकार्य गर्नु पर्दैन ? यदि पर्छ भने यो भागवण्डा र चापलुसीपूर्ण अव्यवहारिक निर्णय तुरुन्त सच्याइनु पर्छ । अन्यथा नीजि क्षेत्रसँगको समन्वय र सहकार्य नहुने कुरा जानकारी गराउन चाहन्छौँ ।

शान्त बिक्रम वानियाँ
संस्थापक अध्यक्ष । प्रमुख सल्लाहकार
प्याव्सन धादिङ
२८ फागुन २०७१, धादिङबेसी