डिभोर्स नदिएपछि श्रीमतीको हत्या

456 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा, -श्रीमानलाई डिभोर्स नदिएकै कारण पोखरामा एक महिलाले ज्यान गुमाउनुपरेको छ । दिनहुँ डिभोर्सको दवाव खेपीरहेकी पोखरा पन्थीगल्ली निवासी लक्ष्मी अधिकारी सुनारले शनिबार आफनै श्रीमानको हातबाट मृत्युवरण गर्नुप¥यो । त्यो पनि दर्दानकरुपमा ।

images (1)छतमा घाम तापिरहेकी लक्ष्मीलाई उनका श्रीमान सोम सुनारले माथिबाट तल धकेली दिएका थिए । ३ तल्लाबाट एक्कासि तल बजारिएकी लक्ष्मीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा ज्यान गयो ।

यसरी भयो घटनाः
भनिन्छ, प्रेमले जात, उमेर, वर्ग केही भन्दैन । तर लक्ष्मीका लागि आफनो उमेर नै घातक बन्न पुग्यो । सोम ३२ वर्षका थिए भने लक्ष्मी ४२ बर्षकी । सोमभन्दा १० वर्ष जेठी लक्ष्मीले पतिबाट बारम्बार डिभोर्सका लागि दवाव खेप्नुप¥यो । त्यसमा पनि सोमका साथीहरुले उनकी श्रीमतीलाई ‘आमा हो कि श्रीमती ?’ भनेर बारम्बार जिस्काउने गर्दछे । जिस्किएरै भनेका वाक्यहरु सोमको मनमा यसरी बस्यो कि, उनी लक्ष्मीबाट कसरी हुन्छ मुक्ति पाउन खोजे ।

‘संगै बाँच्ने संगै मर्ने कसम खाएर ’ आजभन्दा १० वर्ष अगाडि प्रेम विवाह गरेकी लक्ष्मीले आफनै श्रीमानबाट आफनो ज्यान जाला भन्ने कल्पनासमेत गरेकी थिइनन् । सोमसँगको प्रेममा उनी यति गहिरोसम्म पुगेकी थिइन कि, उनले परिवार, समाज, प्रतिष्ठालाई समेत तिलाञ्जली दिइन् । समाजले वर्गिकरण गरेको उपल्लो जाति भनेर चिनिने लक्ष्मी अधिकारीले तल्लो जातिका सोम सुनारसँग भागेर अन्तरजातीय विहे गरेकी थिइन् ।

साँचो प्रेमलाई सार्थकता दिन उनले सोमलाई आत्मैदेखि स्वीकारिन् । घरपरिवार र समाजबाट बहिष्कृत हुँदा पनि सोम सुनारको साथ छोडिनन् । लक्ष्मीलाई अहिलेसम्म उनको परिवारले स्वीकारेको छैन ।

लक्ष्मी–सोमबाट दुई सन्तान छन्–९ र ५ वर्षकी छोरीहरु । लक्ष्मीको माइतीबाट अझै उनलाई लोग्नेसँग छुटिएर बस्न सल्लाह दिइरहेका थिए । यद्यपि, उनले डिभोर्सका लागि आलटाल गर्दे आएकी थिइन् ।

उमेर अमिल्दो बन्नु र सँगै लिएर हिँड्दा पनि नसुहाउने जस्ता कारण देखाउँदै सोमले लक्ष्मीसँग डिभोर्स मागेको बुझिएको छ । जति गर्दा पनि लक्ष्मीले डिभोर्स नदिएपछि डिभोर्स नदिनु नै उनका लागि मृत्युको कारण बन्यो ।

शनिबार घरको छतमा बसिरहेकी लक्ष्मीले कल्पनासमेत गरेकी थिइनन् होला, जीवनकै सबैभन्दा माया गर्ने मान्छे नै क्रुर दानव बन्ला भनेर । चुपचाप अगाडि बढेका सोमले अकस्मात लक्ष्मीलाई ३ तल्ला माथिबाट तल फालिदिए । एक्कासी भुइमा बजारिएकी लक्ष्मीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा ज्यान गयो ।

कास्की प्रहरीले अहिले उनका श्रीमान सोम सुनारलाई हिरासतमा राखेको छ । पारिवारिक बेमेल भएकाले उनलाई पति सोमले घरको छतबाट फालेको प्रारम्भिक अनुसन्धानले देखाएको कास्कीका प्रहरी प्रमुख हरीबहादुर पालले जानकारी दिए ।