कृष्ण खडका माथी आक्रमण

650 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी-व्यक्तिगत रिसईवीका कारण जिल्ला मालपोत कार्यालयमा करारमा कार्यरत कम्प्युटर अपरेटर कृष्ण खडका माथी आक्रमण भएको छ । आईतबार विहान कार्यालय आउंदै गर्दा खडकालाई धादिङबेसी सिरानवजार नजिकै हमला भएको प्रहरीले जनाएको छ ।
खडकाको टाउकोमा दाउराले प्रहार गरी घाईते वनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका केरावारीकी सीता थापा मगरलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।
टाउकोमा चोट लागेर घाईते भएकी कृष्णलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डौं लगिएको छ । कृष्ण र सीताका बिच केही समय अघि देखिनै रिसईवी रहेका कारण प्रतिशोध लिनका लागि उक्त घटना गराएको हुन सक्ने वताईएको छ ।