महिला हिसां अन्त्य गर्न सरकारले कुनै कदम नचालेको गुनासो

868 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC02307धादिङ चैत्र २ गते÷ महिला हिसां अन्त्य गर्न सरकारले अहिले सम्म कुनै कदम नचालेको कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
राष्ट्रियता लोकतन्त्र, समाजवाद र महिला एकता हाम्रा आदर्श हुन् भन्ने मुल नाराका साथ नेपाल महिला संघ जिल्ला कार्य समिति धादिङले सोमबार धादिङबेसीमा आयोजना गरेको नेपाल महिला संघ धादिङको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन समारोहमा सहभागीहरुले यस्तो बताएका हुन् । उद्घाटन समारोहमा बोल्नु अधिकांश बक्ताहरु महिलाहरु सुरक्षित हुन पहिले आफ्नै घरबाट सुरक्षित हुन आबश्यक रहेको बताएका छन् । यसै गरी केन्द्रमा बस्ने महिलाहरु सुरक्षित भएर मात्र नहुने भएकाले गाउँमा डोको, नाम्लो बोक्ने महिलाहरु समेत सुरक्षित हुनु पर्नेमा जोड दिएका छन् । पछिल्लो समयमा देश भर महिला हिंसाका घटनाहरु बढिरहेकाले यसलाई न्यूनिकरण  गर्न केन्द्रबाटै महिला हिंसा न्युनिकरण सम्बन्धी चेतनामूलक अभियानको सुरु गर्नु पर्ने कार्यक्रममा सहभागिहरुले बताएका छन् । महिलाको क्षेत्रमा काम र्गे संघ÷संस्थाहरु बीच सहकार्य गर्न सके देशमा महिला हिंसा न्युनिकरण गर्न सकिने समेत बताएका थिए् । देशभरका जिल्ला विकास समितिहरुले महिलाहरुको कोषमा राज्यले प्रदान गरेको रकम मनपरी ढंगले प्रयोग गर्दा साह्रै दुख लाग्ने गरेको समेत बताएका छन् ।नेपाल महिला संघ जिल्ला कार्य समिति धादिङका अध्यक्ष बुद्ध लक्ष्मी लामाको अध्यक्षता रहेको कार्यक्रमा नेपाली काङग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला संघका केन्द्रिय अध्यक्ष डा.डिला संग्रौला, महिला संघका केन्द्रिय सदस्य हरि प्रभा खड्ग्री, नेपाली काङग्रे्स धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, जिल्ला सचिव भक्त लामा, टानका अध्यक्ष रमेश प्रसाद धमला, नेपाल तरुण दल धादिङका अध्यक्ष गोपल विश्वकर्मा, नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष ईश्वर अधिकारी लगायतले अधिबेशनको सफलताका शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, धादिङको ४६ वटै गाविस र नीलकण्ठ नगरपालिकाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।