कमाउन मलेसिया पुगेका डिलवहादुर हराए

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DILbahadur shresthaधादिङ, – बैदेशिक रोजगारीका लागि चार बर्ष अघि मलेसिया पुगेका धादिङ कुम्पुरका डिलवहादुर श्रेष्ठ एक बर्ष देखि परिवारको सम्पर्कमा छैनन । घर परिवारको सम्पर्कमा नरहेका श्रेष्ठ अहिले कहां छन के गर्दैछन भन्ने वारेमा केही थाहा नपाउंदा उनको परिवार चिन्तामा डुवेको छ । घर व्यवहार चलाउन मुस्किल भएपछि ऋण काढेर विदेशिएका श्रेष्ठ किन हराए कसैलाई अत्तोपत्तो छैन ।
चाडैँ नै घर आउँछु भनेर आंफु संग फोनमा कुरा गरेको सम्झंदै डिलवहादुरकी आमा लालमाया छिन छिनमा भक्कानिनु हुन्छ । मेरो छोरा कहाँ गयो होला सबैलाई यहि प्रश्न सोध्नुहुन्छ ? लालमायाले अहिले सम्म जति जनालाई प्रश्न राखेपनि खोजेको जवाफ पाउनु भएको छैन ।
धादिङको कुम्पुर गाउँ विकास समिति वडा नं ८ की लालमाया श्रेष्ठ एक बर्ष देखि छोराको चिन्ताले निकै गल्नु भएको छ । छोरालाई सम्झंदै छिनछिनमा भक्कानिनु उहाँको दैनिकी जस्तो वनेको छ ।
विदेश जाँदा लागेको ऋण तिर्नको लागि पैसा पठाउँछु भनेर घरमा फोन गरेका डिलबहादुरले पैसा त पठाएनन उनी पनि बेखबर भए । छोरो बेखवर भएदेखि आमा लालमाया पनि बेचैन हुनुहुन्छ । बुढा भएका बुबाआमालाई घर व्यवहारमा सघाउन भनेर चारवर्ष अघि वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका कुम्पुर गाउँ विकास समिति वडा नम्बर ८ का डिल बहादुर एक वर्षदेखि सम्पर्क विहिन भएका हुन । उनी सम्पर्कमा नआउंदा घर परिवारमा दिनहुँजसो रुवाबासी चल्ने गरेको छिमेकीहरु बताउंछन ।
IMG_8253व्याजमा ऋण खोजेर विदेशिएका डिलवहादुरका सपनाहरु पुरा नहुंदै उनि घर परिवारको सम्पर्कमा आउन छाडेपछि आमा लालमायाको आँखा ओभाएको छैन । विदेश गएपछि पैसा कमाएर आमा बाबुलाई सुख दने उनको बचन अझै पुरा भएको छैन । २०६७ सालमा मलेसिया गएका डिलवहादुर कुन कम्पनिबाट गएका हुन,मलेसियाको कुन ठाउंमा के काम गर्दथे भन्ने वारेमा घर परिवारलाई केही जानकारी छैन । पछिल्लो पटक २०७० माघ १४ गते छोरासँग फोनमा कुरा गरेको लालमायाले वताउनु भयो । ‘एक वर्ष भइसक्यो त्यसपछि फोन पनि गरेको छैन यता बाट फोन लगाउंदा पनि त्यो नम्बरमा सम्पर्कनै नभएपछि छोराको बोली सुन्न नपाएको उनको भनाई छ । हामीले फोन गर्दा पनि लाग्दैन, मेरो छोरो कहाँ पुग्यो होला, के गर्दे होला ?’ छोराको खोजीका लागि सहयोग गरिदिन लालमायाले धेरैलाई हार गुहार गर्दै आईरहनु भएको छ । डिलवहादुरले प्रयोग गर्ने गरेको मलेसियाको मोवाईल नम्वरः ६०१११६६८१९५२ मा अहिले सम्पर्क हुन छाडेको परिवारका सदस्यहरुले वताए ।
विदेश गएको ऋण तिर्न बाँकी हुंदै डिलवहादुर कहाँ गए धेरैको चासोको बिषय बनेको छ । मान्छेहरुले अनेक थरी लख काट्न थालेका छन । पछिल्लो पटक २०७० असोजमा ६० हजार नेपाली रुपैया घर पठाएका डिलवहादुरले त्यसपछि न पैसानै पठाएका छन न त उनिनै सम्पर्कमा आएका छन ।
‘एक वर्ष अघिसम्म त फोन सम्पर्क हुने गरेको थियो । घरमा वुवा विरामी हुनुहुन्छ, विरामी बुवाको उपचारको लागि भनेर केही पैसा पनि पठाउनु भएको थियो तर छिट्टै फर्कन्छु भनेर फोन गरेदेखि बेखबर बन्नु भयो ।’ डिलबहादुरकी भाउजु रजनी श्रेष्ठले वताउनु भयो । हरेक महिना अस्पताल लैजानुपर्ने विरामी बाबुको उपचार रोकिएको २०७० माघ १४ गते फोन सम्पर्क हुदा छिट्टै पैसा पठाउने र केही महिनामा घर फर्कने बताएका डिलबहादुर त्यसपछि अहिलेसम्म परिवारको सम्पर्कमा नआएको पनि रजनीले जानकारी दिनु भयो ।
डिलवहादुरलाई विदेश पठाउने म्यानपावर कम्पनीको नाम थाहा नभएपनि उनलाई म्यानपावर सम्म लैजाने दलाली काम गाउँकै नरेश भनिने काँइला श्रेष्ठले गरेका थिए ।
नरेशलाई १ लाख ८० हजार बुझाएर ४ वर्षअघि मलेसया गएका डिलबहादुर परिवारको सम्पर्कमा नआएपछि उनको खोजीलाई तिव्र पारिएको हो । मलेसिया पुगेपछि मलेशिया स्थित कार्यरत कम्पनी आएमास कम्पनी ९ब्बब्m ःब्क्क् ऋयmउबलथ०,पोटेकेलाङ,पासापुरी ९एइच्त् प्ीब्ल्न् एब्क्ब्एग्च्क्ष् ०, मा काम गरेको जानकारी परिवारले पाएपनि कुन म्यानपावर मार्फत गएका हुन भन्ने वारेमा नरेश श्रेष्ठले समेत नवताएको आफुपनि उनकै खोजी रहेको भन्दै नरेश पन्छिने गरेको रजनीको भनाई छ । मलेसियामा हराईरहेका आफ्नो छोराको खोजीका लागि सहयोग गरिदिन लालमायाले सुरक्षित आप्रवासनका निम्ति काम गरिरहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवदेन दिनु भएको छ ।
परामर्श केन्द्रका कार्यक्रम संयोजक गंगा सुवेदीका अनुसार डिलबहादुर कुन कम्पनीमा के काम गर्नको लागि को मार्फत गएका थिए भन्ने लिखित प्रमाण नहुदा खोजीमा समस्या परेको छ । उनलाइ विदेश पठाउने व्यक्तिसंग सोधपुछ शुरु गरिएको र यस बिषयमा मलेसियामा कार्यरत संस्था प्रवासी नेपाली समन्वय समितिमा र मलेसिया स्थित नेपाली दुतावासलाई पनि जानकारी गराईएको छ । विदेश जानु अघि आंफु विदेश जांदै गरेको प्रमाण खुल्ने कागजपत्र घरमा छोडेर गएमा आपतकालिन अवस्थामा खोजी गर्न सजिलो हुने सुवेदीको सुझाव छ ।