स्कुल जान नमान्‍ने छोरीमाथि बाबुको यो ज्यादति

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bhagat_singh_Uttar_pradesh_997979798फोटो :बिबिसी
एजेन्सी : भारतको उत्तर प्रदेशस्थित मथुरा जिल्लामा आफ्नी छोरी स्कुल जान नमानेपछि एक बाबुले उनलार्इ मोटरसाइकलमा बोरालार्इ झैँ बाँधे । ती बाबुले छोरीलार्इ मोटरसाइकलको पछाडिलार्इ डोरीले बाँधेर बोराझैं लादेर कुदाए ।

मथुराको सौन्ख रोडस्थित नगला माना गाउँमा बस्दै आएका भगत सिंहले स्कुल जान नमान्ने आठ वर्षकी छोरीलार्इ बोराझैँ बाँधेर कुदाएका हुन् । भगत सिंह गाउँ नजिकै रहेको एक पब्लिक स्कुलमा चौकिदार रहेका छन् । उनका तीनजना छोरी र दुर्इजना छोरा रहेका छन् ।

बिबिसीका अनुसार गत शुक्रबार छोरीको परीक्षा थियो तर उनी स्कुल जान मानिरहेकी थिइनन् । स्कुल जान नमानेकी छोरीलार्इ उनले मिठार्इ अन्य चिज दिने लोभसमेत देखाए । त्यति गर्दा पनि नमानेपछि रिसले आगो भएका भगत सिंहले आफ्नै मोटरसाइकलमा छोरीलार्इ बोराझैँ बाँधेर स्कुल लिएर हिँडे ।

बाबुले छोरीलार्इ जनावारको झैँ ब्यबहार गरेर मोटरसाइकलमा बाँधी स्कुल लाँदै गरेको फोटो त्यही गाउँका एक व्यक्तिले खिचेर सञ्चारमातध्यमलार्इ दिएपछि त्यो फोटोले भारतमा सनसनी मच्चाएको छ ।

फोटो सार्वजनिक भएपछि स्थानीय प्रहरीले भगत सिंहलार्इ शान्ति भङ्ग गरेको अभियोगमा त्यहाँको कानुनको धारा १५१ अनुसार सामान्य कारबाही चलाएर मामिला टुंग्याइदिएको छ ।

मथुराका प्रहरी प्रमुख शैलेश पाण्डेले घटनाबारे आफूलार्इ जानकारी भएको जनाउँदै छोरीमाथि ज्यादति गर्ने बाबुविरुद्द मुद्दा दर्ता गरेको दाबी गरे । तर अहिले ती बाबुले आफ्नी छोरीलार्इ अहिले गरिरहेको ब्यबहारबारे केही जानकारी आएको छैन अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।

–