धादिङको जरुङमा सात बर्षिया बालिका बलात्कृत

542 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 imagesधादिङ- पछिल्लो समय बालिका बलात्कारका घट्नाहरु बढ्दै गईरहेको छ । अबोध बालिकालाई करणी गर्नेलाई फांसीको सजायं दिनु पर्ने माग चौतर्फी उठिरहेको बेला धादिङमा पनि एउटा अपराधिक घट्ना वाहिर आएको छ । दक्षिणी धादिङको बिकट बस्तिमा   सात बर्षिया बालिका बलात्कृत भएको खबर सार्वजनिक भएको छ ।  गोठालो गएको वेला ती वालिका माथि उक्त अपराध भएको आशंका गरिएको छ । अवोध वालिकालाई बलात्कार गरेको आंशकामा प्रहरीले धादिङ महादेवस्थान गाउँ विकास समिति वडा नम्बर ८ जरुङका २४ बर्षिय बलबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घट्ना चार गते भएपनि घटनास्थल विकटमा रहेको र प्रहरी सम्म खबर आउन ढिला भएपनि खबर पाउनासाथ आरोपितलाई  नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।