थोपल खोलामा पौडी खेल्ने क्रममा एक किशोरको ज्यान गयो

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- पौडी खेल्ने क्रममा शनिवार धादिङबेसीमा एक किशोरको ज्यान भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ को सिमाना भएर वग्ने थोपल खोलाको हात्तीबुढेमा   पौडी खेल्न गएका १५ बर्षिय  पवन अधिकारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

images (1)पौडी खेल्न क्रममा पवन डुवेपछी सँगै पौडी खेल्न गएका साथिहरुले प्रहरीलाई खवर गरेका थिए ।  धादिङ बोर्डिङको कक्षा ९ मा अध्ययनत पवन अधिकारी  विदाको दिन साथिसँग पौडी खेल्न थोपल खोलामा गएका थिए । सोहि ठाउंमा  गतबर्ष पनि पौडी खेल्ने क्रममा  एक जनाको गएको थियो  । बर्षेनी यहि ठाउंमा पौडी खेल्दा ज्इान गुमाउनेको सख्या बढ्दै गएपनि पौडी खेल्ने कार्यमा कमि आउन नसकेको स्थानीयले वताएका छन । गर्मि बढेसँगै बच्चाहरु खोलामा पौडी खेल्न जादा दुखद् घट्ना हुने भन्दै सजग रहन स्थानीय प्रशासनले अभिभावकहरुलाई आग्रह  गरेको छ ।