जुरेथुममा जिप पल्टिंदा दुईको मृत्यु ,चार गम्भिर घाईते

628 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

acp-150x150धदिङ,८ चैत- धादिङको खाल्टे गाविसको काउलेबाट सदरमुकाम धादिङबेसी तर्फ आउंदै गरेको यात्रुवाहक जिप नीलकण्ठ नगरपालिका वडा नम्बर १ जुरेथुममा दुर्घटना हुंदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ११ जना घाईते भएका छन । घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।
काउलेबाट सदरमुकाम धादिङबेसी तर्फ आउंदै गरेको वा १० च ६८६६ नम्बरको जिप आईतबार विहान ९ .४५ वजे तिर जुरेथुम नजिकै अनियन्त्रित भई सडकमै पल्ंिटदा नीलकण्ठ नगरपालिका वडा नम्बर १ जुरेथुमका १० बर्षिया अनिशा मगर,७ बर्षिया आसिका मगरको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा परि सोही ठाउंका ४ बर्षिया अनुजा मगर,५२ बर्षिय गोपि मगर,६ बर्षिय सुसन मगर र १२ बर्षिय विनोद मगर गम्भिर घाईते भएका छन । घाईते अन्य ७ जनाको अवस्था सामान्य रहेपनि घाईते सबैको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याईएको छ ।