महिला हिंसा अन्त्य गर्न जिल्लाभर चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने

670 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
धादिङ १० चैत्र   -महिला हिंसा अन्त्य गर्न जिल्लाभर चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने महिला अधिकार कर्मीहरुले बताएका छन् ।
???????????????????????????????जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको जवरजस्ती करणी अपराध नियन्त्रण अभियान जिल्ला स्तरीय कार्याशाला गोष्ठीमा सहभागी महिला अधिकारकर्मीहरुले यस्तो कुरा बताएका हुन् । जिल्लाको जवरजस्ती करणीको बर्तमान अबस्था बारेमा सरोकारवालाहरुलाई जानकारी गराई नियन्त्रणको लागि सहकार्य गर्ने, अपराधिक क्रियाकलापलाई निरुत्साहित गर्न विभिन्न प्रचार–प्रसार तथा जनचेतना फैलाउने उद्धेश्यले गोष्ठीको आयोजना गरिएको हो ।
जिल्ला स्तरीय कार्याशाला गोष्ठीमा मानवअधिकारकर्मीहरुले महिलाहरु सुरक्षित हुन धादिङमा महिला हिंसा सम्बन्धी चेतना मूलक अभियान गाउँ तथा विद्यालयहरुमा सञ्चालन गर्नु पर्ने र विद्यार्थीहरुलाई मोवाइल बोक्नबाट बञ्चित गराउन सके मात्र महिला हिंसा केही मात्रामा कमी हुने बताएका छन् । २०६६÷६७ साल देखि ५ बर्ष सम्मको अबधिलाई हेर्दा सबै भन्दामा बढी २०७०÷७१ सालमा २२ वटा जबरजस्ती करणीका घटनाहरु घटेका छन् । जस मध्ये विद्यार्थीहरु बढी रहेका छन् । १८ देखि २५ बर्ष उमेर समुहका महिला तथा बालबालिकाहरुलाई जवरजस्ती करणी गरेको १७ वटा घटनाहरु प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । यसै गरी गत आर्थिक बर्ष साउन देखि हाल सम्म धादिङमा ७ वटा जरजस्ती करणाीकान मुद्धाहरु दर्ता भैसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला न्यायधिस रमेश राज पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला विकास समिति धादिङका निमित्त स्थानिय बिकास अधिकारी भरत कुमार अर्याल, महिला तथा बालबालिका कार्यालय धादिङका महिला अधिकृत सावित्री थापा रावल, गैसस महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, महिला मानव अधिकारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।