आइफोन प्रयोग गर्न नदिँदा विष खुवाएर आफ्नै आमाको हत्या प्रयास

466 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesअमेरिका-   आइफोन प्रयोग गर्न नदिँदा रिसाएकी १२ वर्षीय किशोरीले आफ्नै आमालाई विष दिएर मार्ने कोशीस गरेकी छिन् । घटनाको जानकारी पाउने बित्तिकै प्रहरीले किशोरीलाई हिरासतमा ल्याएको छ ।
यो घटना अमेरिकाको कोलाराडोको हो । प्रहरीका अनुसार आरोपी किशोरीले दुईपटक आफ्नो आमाको ज्यान मार्ने कोशीस गरेकी थिइन । उनकी आमाले नास्ता गर्ने बेला पानीको गिलास र नास्तामा ब्लीच गन्हाएपछि आफ्नो छोरीमाथि शंका गरेकी थिइन । राम्रोसँग गिलास सफा नगरेजस्तो लागेपनि उनको स्वास्थ्य खराब भएको थियो
पहिलोपटक यस्तो गन्ध आएपछि आमाले खासै वास्ता नगरेपनि दोश्रोपल्ट समेत यस्तै गन्ध आएपछि अचम्ममा परेकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीको सोधपुछमा किशोरीले आमाले आइफोन प्रयोग गर्न नदिएको कारण आमालाई मार्न खोजेको बताएकी थिइन । आरोपी किशोरीलाई अहिले जुभलिन सेन्टरमा राखिएको छ भने उनीमाथि हत्याको मुद्धा दर्ता भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

-एजेन्सीको सहयोगमा