दुर्घटनामा तीन विदेशी सहित चारको मृत्यु

315 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१६ चैत- पृथ्वीराजमार्ग अन्र्तगत धादिङको जोगिमारा गाविस वडा नम्बर ९ खटौतीखोलामा नजिकै दुईवटा सवारी साधन एक आपसमा ठोक्किंदा चार जनाको घटनास्थलमानै ज्यान गएको छ ।
पोखरावाट काठमाण्डौंका लागि छुटेको बा १ प १०२८ नम्वरको पर्यटक वोकेको माईक्रोवस र काठमाण्डौंबाट कपिलवस्तुका लागि छुटेको लु १ ख ९५९३ नम्बरको वस एक आपसमा ठोक्किंदा ३ जना विदेशी र एक नेपाली नागरिक सहित चार जनाको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो । दुर्घटनामा परि ज्य ान गुमाउनेहरुको सनाखत हुन सकेको छैन ।
विहान १०.४० वजे तिर भएको सो दुर्घटनामा परि अन्य आठ जना घाईते भएका छन । घाईतेहरुलाई गजुरी र मलेखु स्थित स्थानीय अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । धादिङ जिल्लाको राजमार्ग क्षेत्र र जिल्लाभर विहानै देखि बर्ष भईरहेको छ ।